बिहीबार , वैशाख २७ गते २०८१    
images
images

यतीको दसैं तिहार अफरको स्कुटर जिते जीतबहादुर खत्रीले

images
बिजनेस न्युज
images
images
यतीको दसैं तिहार अफरको स्कुटर जिते जीतबहादुर खत्रीले

यतीको दसैं तिहार अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो।

images
images

काठमाडौं-  निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले सञ्चालन गरेको दसैं तिहार अफरमा जीतबहादुर खत्री विजेता बनेका छन्।

images
images
images

यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको दसैं तिहार अफरको विजेता खत्री बनेका हुन्। उनले पोखरा – काठमाडौंको उडान गरेका थिए।

images

यतीले फेसबुक लाईभ मार्फत् आयोजना गरेको लक्की ड्र कार्यक्रमबाट खत्री लाई विजेता घोषणा गरिएको हो। विजेता बनेसँगै उनले दुई लाख ६७ हजार ९ सय मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन्। 

images


यस अघि सो अवधिमा यती एयरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना विजेता छानिने घोषणा गरेअनुसार आज ३ जना बिजेता पनि घोषणा गरेका छ।  यती दसैं तिहार अफरको दोस्रो विजेता धुब्रराज भट्टराई भएका छन्।

images
images

भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागि काठमाडौं–दुवई– काठमाडौं को दुईतर्फी फ्रि टिकेट प्राप्त गरेका छन्। यस्तै, तेस्रो भाग्यशाली विजेता सरुप्य सत्याल बनेका छन्। तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरेका छन्।

यतीको दसैं तिहार अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो।

यती एअरलाइन्सले सञ्चालन गरेको दसै तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एयरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

 गत वर्षहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको यती एयरलाइन्सले आगामी दिनमा पनि यात्रु लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए। 

images

प्रकाशित : बुधबार, मंसिर १ २०७८१२:५३
प्रतिक्रिया दिनुहोस