शुक्रबार, असोज १२ गते २०८०    

कनेक्ट आईपीएसले ल्यायो 'रिफर अ फ्रेण्ड' अफर

images
कनेक्ट आईपीएसले ल्यायो 'रिफर अ फ्रेण्ड' अफर

भाद्र १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि रिफररले २५ रूपैयाँ र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

images

काठमाडौं- कनेक्ट आईपीएसले 'रिफर अ फ्रेण्ड' अफर सार्वजनिक गरेको छ। यो अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएस रजिष्टर हुन रिफर गर्न सक्नेछन्।

images

उक्त अफरअन्तर्गत भाद्र १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि रिफररले २५ रूपैयाँ र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

images

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ। रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाइ गरेपश्चात् रिफररले २५ रूपैयाँ आफ्नो बैंक खातामा र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ।

images

रिफररले आफ्नो 'रिफरल कोड' सँगै लिंक पनि सेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत नयाँ यूजर बनाउन सक्नेछ। रिफरीको लिंक गरिएको खाता भेरिफाइ भएपश्चात् मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाइ गराइसक्नुपर्ने हुन्छ। 

images

images

प्रकाशित : शनिबार, भदौ ३० २०८०११:५९

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ