शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति?

images
शुक्रबार, भदौ २९ २०८०
images
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति?
images
images

काठमाडौं- भदौ महिनामै इन्धनको मूल्य दोस्रो पटक बढेको छ। सरकारले शुक्रबार रातिबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो। 

images
images
images

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगम व्यवस्थापनले शुक्रबार पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

images
images

मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८३ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७३ रूपैयाँ पुगेको छ।

images
images

यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धिभएर आएकाले खुद्रा नेपालमा उपभोक्ता मूल्य बढाउनु परेको निगमले जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend