बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

५० प्रतिशत भन्सार महसुल छुट गरी २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २९ २०८०
images
images
५० प्रतिशत भन्सार महसुल छुट गरी २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णय

- साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने

images
images

काठमाडौं- सरकारले ५० प्रतिशत भन्सार महसुल छुट गरी २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

images
images
images

जसमा साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न दिइने जनाइएको छ। 

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

images
images
images

- कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने 

- साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने

- सिँचाइ नीति, २०८० स्वीकृत गर्ने 

- संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने 

- नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने 

- विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने 

- सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने

- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend