शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

हिमताल खोज्दै मनाङका स्थानीय तह

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २९ २०८०
images
हिमताल खोज्दै मनाङका स्थानीय तह

यी तालबाट तिलिचोसम्म पदमार्ग निर्माण गरिएमा पर्यटक एकै बाटोमार्फत तीनवटै ताल एकैसाथ घुम्न सकिने वडाध्यक्ष गुरुङले जानकारी दिए। 

images
images

मनाङ- केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्। 

images
images
images

चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल (काजिनसरा) भेटिएको थियो। ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको प्रचारप्रचारका लागि कार्यक्रम गरेको थियो। तालको प्रवद्र्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ मनाङ, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो। 

images
images

गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम)का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा सिङ्गर (काजिनसारा) ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेसक्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ।

images
images

यहाँको प्रवद्र्धनका लागि गाउँपालिकाले ठाउँठाउँमा बस्ने स्थान, विभिन्न स्थानमा शौचालय निर्माण, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गरेको छ । यसले पर्यटकलाई सहज रुपमा तालसम्म पुग्न सहयोग पुर्‍याउनेछ। तालसम्म पुग्नका लागि पालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले ठाउँठाउँमा बाटो चिनाउने साइनबोर्ड राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए। 

यस्तै मनाङ अन्य पालिकामा पनि हिमताल रहेका छन्। यी तालको समेत मापदण्ड र उचाइ मापन गरी प्रवद्र्धनमा लाग्नुपर्ने अवस्था रहेको छ। मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित मुन लेक र हिदम लेक भेटिएको वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए। यो ताल जान खाङ्सार गाउँबाट पुनारा बस्ती हुँदै करिब तीन घण्टामा मुन लेक पुग्न सकिन्छ। यस्तै मुन लेकबाट तीनदेखि चार घण्टाको दूरीमा हिदम लेक रहेको छ। यी ताल हुँदै तिलिचो तालसम्म पुग्न पदमार्ग गर्नुपर्ने निर्माण गर्नु आवश्यक देखिन्छ । यी तालबाट तिलिचोसम्म पदमार्ग निर्माण गरिएमा पर्यटक एकै बाटोमार्फत तीनवटै ताल एकैसाथ घुम्न सकिने वडाध्यक्ष गुरुङले जानकारी दिए। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा जोडिएकाले यहाँको पर्यटकीय क्षेत्रको विकासमा केही मात्रामा एक्यापले सहयोग गरेको छ। तर, आवश्यक मात्रामा भने यहाँका पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा धेरै हिमलात रहे पनि यहाँ भएका तालको मापन गर्न पालिकाले नसकेको बताए। रासस


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend