शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने, १ अर्ब ६८ करोड लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २९ २०८०
images
images
नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने, १ अर्ब ६८ करोड लाग्ने

पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ। 

images
images

चितवन- नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ। पूर्व-पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो।

images
images

सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ। महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो। 

images
images

पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुनेछ। निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साङ्कनको काम सम्पन्न गर्नुपर्ने हुन्छ। हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उनले जानकारी दिए। पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ। 

images
images
images

पुल निर्माणका लागि १ अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ। हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो। यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend