बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २९ २०८०
images
images
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

'सरकारले चासो र ग्यारेन्टी लिन पर्‍यो, अनि पो जनता ढुक्क हुन्छौँ। लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बुढीगण्डकी आयोजना बन्छ। विदेशी लगानी पनि चाहिँदैन।'

images
images

धादिङ- सरकारले देशको आवश्यकता महसुस गरेर बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिएका छन्।

images
images
images

सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बुढीगण्डकीको कामले गति लिन नसकेको हो भन्दै उनले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु हुने बताए।

images

शुक्रबार गृह जिल्ला धादिङ पुगेका संघीय सांसद अर्यालले पत्रकार भेटघाटमा भने, 'सरकारले चासो र ग्यारेन्टी लिन पर्‍यो, अनि पो जनता ढुक्क हुन्छौँ। लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बुढीगण्डकी आयोजना बन्छ। विदेशी लगानी पनि चाहिँदैन।'

images
images
images

मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै उनले समय गुज्रँदै जाँदा आयोजना बनाउन महँगो बन्ने संकेत देखिएको बताए।

'बुढीगण्डकीलगायत ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो। तर भाषणमै  सीमित हुनुभन्दा काम गरे पो देश समृद्ध हुन्छ। त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ,' सांसद अर्यालले भने, 'धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना निर्माणमा सबै मिलेर अघि बढ्न जरुरी छ।' रासस


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००७:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend