बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सात वर्ष बित्दासमेत निर्माण सकिएन नगरकोट सडक

images
बुधबार, मंसिर १ २०७८
images
images
सात वर्ष बित्दासमेत निर्माण सकिएन नगरकोट सडक

भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०/७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो।

images
images

काठमाडौं- निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौंको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ। उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ।  

images
images

भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०/७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो। सडक धुलाम्मे हुँदा आवतजावत गर्न समस्या भएको कमलविनायक-नगरकोट सडक निर्माण दबाब समितिका संयोजक राजकुमार लामिछानेले बताए। उनकाअनुसार निर्माण कम्पनीले समय-समयमा निर्माण सामग्री छरेजस्तो गरेपनि काम सकाउन खोजेको छैन। 

images
images

मन्त्रालय वा विभागको भ्रमणमा निर्माण सामग्री र जनशक्ति बढाइने गरिए पनि अरु समयमा निर्माणको गति सुस्त छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आइतबार नगरकोट सडकको स्थलगत अनुगमन गरेकी थिइन्। अनुगमनका क्रममा उनले यो सडक दुई महिनाभित्रमा सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिँदै अझै ढिलाइ भएमा समय थप नहुने प्रष्ट पारेकी थिइन्।  

images
images

एकदुई महिनाभित्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति, उपकरण र निर्माणसामग्री पर्याप्त हुनुपर्ने भक्तपुर-नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए। चिसो सुरु भइसकेकाले मौसम अनुकूल हुँदा र निर्माण कम्पनीले व्यवस्थापन राम्रो गर्दा मात्रै काम गर्न सकिने उनको भनाइ छ। 

योजनाले केही दिन पहिले मात्रै निर्माण कम्पनीसँग कार्ययोजना माग गरेको थियो। निर्माण कम्पनीले एक महिनामा सम्पन्न गर्ने गरी कार्ययोजना मन्त्रालय, विभाग र योजनालाई दिएको छ। सडक निर्माण लामो समयसम्म नसकिएको र जनगुनासो आइरहेकै कारण आफू एक डेढ महिनादेखि नियमित रूपमा निर्माणस्थलमा आइरहेको प्रमुख श्रेष्ठले बताए। 

नगरकोटका माथिल्लो भागमा जाडो समयमा काम गर्न सकिँदैन। तेलकोट-नगरकोट खण्डमा तल्लो भागभन्दा तापक्रम कम हुने भएकाले आगामी महिनामा काम गर्न नसकिने हुनसक्ने प्रमुख श्रेष्ठको भनाइ छ।  तापक्रम कम हुँदा कालोपत्र गर्दा गुणस्तर कम हुने उनले बताए। 

कमलविनायकको भत्केपाटीबाट नगरकोटसम्म १५ ‍.७ कीमी छ। माथिल्लो भागमा करिब चार कीमी सडक कालोपत्र गर्न पूरै बाँकी छ। नौ कीमीमा एक तहको कालोपत्र सकिएर अर्का तहको कालोपत्र गर्न बाँकी छ। 

२.७५ कीमी सडकमा दुई तहको कालोपत्र गर्नुपर्नेमा एक तह सकिएर अर्काे तह गर्न बाँकी छ। एक तह कालोपत्र भइसकेर पनि पटकपटक समस्या आइरहेकाले त्यहाँ मर्मत भइरहेको छ। सडकको चौडाइ दुई लेन अर्थात सात मिटर हुने गरी कालोपत्र भइरहेको छ। सडकको छेउछेउमा पानी जानका लागि ड्रेन बनाइएको छ। सडकमा पैदलयात्रुमार्ग भने निर्माण भएको छैन। रासस


प्रकाशित : बुधबार, मंसिर १ २०७८१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend