शुक्रबार, असोज १२ गते २०८०    

रोयल इनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

images
बिजनेस न्युज
रोयल इनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

कम्पनीले क्लासिक ३५० डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ।

images

काठमाडौं- रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो।

images

कम्पनीले क्लासिक ३५० डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्टको बुकिङ समेत खुला गरिएको कम्पनीले जनाएको छ। 

images

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ। यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य विशेषताहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ।

images

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ। उक्त इन्जिनले अधिकतम ६१ सय आरपीएममा २०।४८ हर्स पावर र ४ हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ।

images

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता विशेषताहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

images

प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१०:३२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ