शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एनआईसी एसिया बैंकको वितरणयोग्य नाफाको शतप्रतिशत लाभांश घोषणाको तयारी

आज सञ्चालक समितिको बैठक बस्दै

images
बिहीबार , भदौ २८ २०८०
images
एनआईसी एसिया बैंकको वितरणयोग्य नाफाको शतप्रतिशत लाभांश घोषणाको तयारी
images
images

काठमाडौं- एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९/८० मा वितरणयोग्य नाफाको शतप्रतिशत लाभांश प्रस्तावको तयारी गरेको छ। राष्ट्र बैंकले लाभांश प्रस्तावका लागि प्रारम्भिक सहमति दिएपछि आज शुक्रबारका लागि सञ्चालक समिति बैठक बोलाइएको छ। उक्त सञ्चालक समितिको बैठक वितरणयोग्य नाफाको शतप्रतिशत लाभांश प्रस्ताव गर्ने तयारी गरेको एनआईसी एसिया बैंक स्रोतले जनाएको छ। 

images
images
images

'राष्ट्र बैंकले लाभांश वितरणका लागि प्रारम्भिक स्वीकृति दिएको छ। राष्ट्र बैंकको स्वीकृतिपश्चात शुक्रबार बस्ने सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गर्ने तयारी छ। विगत २ आर्थिक वर्षबाट लाभांश वितरण नगरिएकाले सञ्चालक समितिले वितरणयोग्य नाफाको शतप्रतिशत लाभांश प्रस्ताव गर्ने सम्भावना छ', स्रोतले भन्यो।

images
images

यस बैंकले विगत दुई आर्थिक वर्षहरूमा न्यूनतम पुँजीकोष कोष अनुपात कायम गर्न नसक्दा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले लाभांश वितरणमा रोक लगाएको थियो। ८.५ प्रतिशतको न्युनतम पुँजीकोष अनुपात कायम नगर्दा यस बैंकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न पाएको थिएन। 

images
images

गत आर्थिक वर्षको १२ महिनै न्युनतम पुँजीकोष अनुपात कायम गरेकाले यस पटक लाभांश वितरण गर्न पाउने बैंकको दाबी छ। 

गत आर्थिक वर्ष यस बैंकले ४ अर्ब ६५ करोड नाफा गरेको थियो। नाफा नोक्सान बाडफाँट हिसाब खातामा राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार जेगडा कोषमाहरूमा रकम जम्मा गरेपछि यस बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ।

उक्त वितरणयोग्य नाफामा अघिल्लो दुई वर्षको संञ्चित नाफा (रिटेन अर्निङ) पनि समावेश छ। हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले गएको आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट करिब ३२ प्रतिशत लाभांश वितरण गर्न सक्छ। 

बैंकलाई पुँजी वृद्धिको दबाब रहेकाले बैंकले अधिकांश वितरणयोग्य नाफाबाट बोनस सेयर लाभांश गर्ने संभावना रहेको बैंक स्रोतले जनाएको छ। 

आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले २० प्रतिशत लाभांश दिएको थियो। यस्तै यस बैंकले आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १०.५२ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २७.३७ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ४१.०५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत र आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०७९/८० को वित्तीय वितरणनुसार बैंकको अधिकांश सुचकहरू सकारात्मक देखिन्छ। गत वर्ष बैंकको प्रतिसेयर नेटवर्थ पनि ३८.८९ रुपैयाँले बढेको छ भने प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ।

हालसम्म बैंकले २ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा ३ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कुल कर्जा पोर्टफोलियो मध्ये ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। बैंकको निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित रहेको छ।  बैंकले आव२०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी बनाएको छ।

बैंकको ३६० शाखा कार्यालयहरू, ५५९ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। गत आर्थिक वर्षसम्म यस बैंकका सेवाग्राहीको संख्या ३८ लाख पुगेको बैंकको दाबी छ। 

बैंकले हालसम्म नेपाल सरकारलाई २३ अर्ब ५८ करोड रुपैयाँ कर तिरेको छ। गत वर्ष मात्रै यस बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको दावी गरेको छ।


प्रकाशित : बिहीबार , भदौ २८ २०८०२३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend