आइतबार, मंसिर ९ गते २०८१    
images
images

ब्याजदर महँगिएपछि नबिकेका दुई विकास ऋणपत्र समेटर ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

images
बिहीबार , भदौ २८ २०८०
images
images
ब्याजदर महँगिएपछि नबिकेका दुई विकास ऋणपत्र समेटर ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार
images
images

काठमाडौं- ब्याजदर महँगिएपछि यसअघि आंशिकरुपमा मात्रै बिक्री भएका दुई विकास ऋणपत्रको रकम एउटै ऋणपत्रमा समेटेर राष्ट्र बैंकले ९ अर्ब ४ करोड रुपैयाँको 'विकास ऋणपत्र २०८६(ट)' निष्कासन गरेको छ। उक्त विकास ऋणपत्र २०८६ भदौ ३१ गते परिपक्व हुनेछ।

images
images
images

यसअघि साउन १८ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ 'छ' नामक ऋणपत्र जारी भएको थियो। उक्त विकास ऋणपत्रमा ६.५ प्रतिशतभन्दा बढी कट अफ रेट तोक्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले ऋणपत्र बिक्री गरेको थिएन। उक्त व्याजदरमा ४ अर्ब १६ करोड रुपैयाँ मात्रै विकास ऋणपत्र बिक्री भएको थियो। 

images

बिक्री नभएको ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र साउन ३२ गते 'विकास ऋणपत्र २०८६ (ट)' नाम दिएर निष्कासन गरेको थियो। तर, ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकले बिक्री प्रकृया स्थगन गरेको थियो। 

images

यस्तै भदौ १० गते ६ वर्ष अवधिकै १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ (ज) निष्कासन गरेको थियो। तर, ७ प्रतिशत ब्याजदर तोक्ने  बैंक तथा वित्तीय संस्थालाई ६ अर्ब ८० करोड रुपैयाँ बराबर मात्रै राष्ट्र बैंकले ऋणपत्र बिक्री गरेको थियो। यस एक्सन प्रकृया मार्फत ३ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री भएको थिएन।

साउन २८ गते जारी भएको ८ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र पनि ६ अर्ब ९० करोड मात्रै बिक्री भएको छ। यस ऋणपत्रको बाँकी अंश ३ अर्ब १० करोड रुपैयाँ राष्ट्र बैंकले बिक्रीका लागि हालसम्म पनि निष्सकासन गरेको छैन। 

सरकारले चालु आर्थिक वर्षदेखि पहिलो त्रैमासदेखि नै आन्तरिक ऋण सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। बजेट मार्फत २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखिएको छ। 

जसमध्ये ५० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत र ५ अर्ब ट्रेजरी बिलमार्फत उठाउने लक्ष्य राखेको छ। जसमध्ये हालसम्म ४० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी भएकोमा २७ अर्ब ८६ करोड रुपैयाँ बराबरको विकास ऋणपत्रमार्फत आन्तरिक ऋण संकलन भइसकेको छ। चालु आर्थिक वर्षको दुई महिनामा ट्रेजरी विल जारी नभएपनि परिपक्व भएका ट्रेजरी विलहरू नविकरण भएका छन्।

पछिल्लो तीन विकास ऋणपत्र ७ प्रतिशत ब्याजदरमा बिक्री भएको छ भने एक ऋणपत्र ६.५ प्रतिशत ब्याजदरमा बिक्री गरिएको छ।

सरकारले बैंकहरू स्थानीय संञ्चितिकोषको ६० प्रतिशत रकम गणना गर्न दिएकाले विहिबार जारी भएको ऋणपत्रको ब्याजदर घट्ने राष्ट्र बैंकले गरेको छ। 


प्रकाशित : बिहीबार , भदौ २८ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend