काठमाडाै- गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुती सिमेन्ट उद्योग कारबाहीमा परेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको भन्दै मारुती सिमेन्ट उद्योगलाई कारबाही गरेको हो।
उद्योगले उत्पादन गरेको ४३ ग्रेडको ओपीसी सिमेन्ट नेपाल गुणस्तर ५७२ अनुरुप नरहेका भन्दै विगागले कारबाही गरेको हो। विभागले मारुतीले उत्पादन गर्दै आएको ओपीसी सिमेन्ट बिक्रीमा रोक लगाउँदै बजारमा गएका सबै सिमेन्ट फिर्ता गर्दै १५ दिन भित्र स्पष्टीकरण बुझाउन पत्रचार गरेको छ।
उद्योगले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तर अनुरुप नरहेको भन्दै कारबाही गरेको हो। कम्पनीले उत्पादन गरेको सिमेन्टको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तर भन्दा कम भएको भन्दै कारबाही गरेको हो। कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३३ र ४३ हुने पर्नेमा ३१ र ३७ फेला परेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।