बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नेपाललाई मेला, सभासम्मेलन तथा विवाह गन्तव्यको रुपमा स्थापित गर्न कार्यक्रम आयोजना गर्दै होटल संघ

images
बुधबार, भदौ २७ २०८०
images
images
नेपाललाई मेला, सभासम्मेलन तथा विवाह गन्तव्यको रुपमा स्थापित गर्न कार्यक्रम आयोजना गर्दै होटल संघ
images
images

काठमाडौं- होटल संघ नेपालले मेला, सभासम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न भदौ ३१ गते आइतबार काठमाडौंमा सरोकारवालाहरुको बैठक आयोजना गर्ने भएको छ।

images
images

होटल संघ नेपालको वार्षिक कार्ययोजनाभित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनको लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पुर्‍याउने विश्वास लिइएको छ।

images
images

नेपालमा पर्यटक बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको भन्दै नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरुले उपयुक्त कार्यनीति तयार गर्ने होटल संघले जनाएको छ।

images
images

सम्मेलनसँगै व्यापार व्यवसायको प्रवर्द्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ। संघका अनुसार भारत लगायतका देशहरुबाट बर्षेनि हजारौँको संख्यामा विवाह गर्ने जोडीहरु र उनीहरुको परिवारका सदस्यहरु नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि होटल संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रमले सघाउ पुर्‍याउने छ।

सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रबल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवर्द्धनका कार्यक्रमहरुको आवश्यकता रहेको संघले जनाएको छ।

कार्यक्रममा सदस्य होटलका प्रतिनिधिहरू, सम्बद्ध सरकारी अधिकारीहरु, विज्ञहरु, टुर अपरेटरहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ। संघका कार्यसमिति सदस्य तथा संघका महिला होटल उद्यमी समितिका संयोजक विधाता श्रेष्ठ तथा सदस्यहरु अमृताञ्जली शाक्य र अस्लेसा कार्कीको प्रस्तुतीकरण रहने सो कार्यक्रम नारीहरुले हर्षोल्लाषका साथ मनाउने तीज पर्वको उपलक्ष्यमा हुन लागेको पनि होटल संघले विज्ञप्तिमार्फत जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २७ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend