काठमाडौं- सेयर बजर परिसूचक नेप्से बुधबार १६.९५ अंकले बढेको छ। मंगलबार पनि बढेर बन्द भएको बजार आज ०.६१ प्रतिशतले बढेको हो।
आजको सेयर बजारमा ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँका १ करोड १९ लाख कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
आज तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो। पञ्चकन्या हाइड्रोपावर, माथिल्लो तामाकोशी र मानुसी लघुवित्त वित्तीय संस्था कम्पनीको सेयर १० प्रतिशतले बढेको थियो।
समग्रमा आज ९४ कम्पनीको सेयर मूल्य बढेको थियो भने ८८ कमम्पनीको घटेको छ।