शुक्रबार, असोज १२ गते २०८०    

आईफोन फिफ्टिन सिरिज सार्वजनिक, सन् २०३० सम्म कार्वन न्युट्रल उत्पादन गर्ने एप्पलको लक्ष्य 

images
बिजनेस न्युज
आईफोन फिफ्टिन सिरिज सार्वजनिक, सन् २०३० सम्म कार्वन न्युट्रल उत्पादन गर्ने एप्पलको लक्ष्य 

मेटल तथा उपकरण सकेसम्म रिसाइकलयोग्य बनाउने, हरित ऊर्जाको प्रयोग तथा सिपिङलाई किफायति बनाउँदै सन् २०३० सम्म लक्ष्य पूरा गर्नेमा कम्पनीको विश्वास छ। 

images

काठमाडौं- स्मार्टफोन निर्माता कम्पनी एप्पलले नयाँ आइफोन फिफ्टिन र वाच सिरिज सार्वजनिक गरेको छ। वार्षिक रुपमा आयोजना हुने फ्ल्यागसिप इभेन्ट मार्फत एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको हो। 

images

आईफोन फिफ्टिनमा चार मोडल एप्पलले सार्वजनिक गरेको हो। प्रो, प्रो म्याक्स र आईफोन फिफ्टीन र प्लस मोडल सार्वजनिक गरेको छ। 

images

टाइप सी चार्जिङ पोर्ट आईफोनमा पहिलो परिवर्तन गरिएको छ। त्यस्तै बेस भेरियन्टमा क्यामेरा ४८ मेगापिक्सेल रहेको छ। युरोपियन युनियनको नयाँ नियम अनुसार एप्पलले आइफोनमा लाइटिनिङ पोर्टको ठाउँमा युएसबी टाइप सी पोर्ट एप्पलले आईफोनमा पनि ल्याएको छ। योसँगै एप्पलको एउटै चार्जरबाट म्याकबुक, एयरपड र वाच चार्ज गर्न सकिने भएको छ।  आइफोन फिफ्टिन र प्लसमा क्यामेरासँगै डाइनामिक आइल्याण्ड पनि आएको छ। यो यसअघि आइफोन फोर्टिनमा प्रो भर्सनमा मात्र थियो। चिप पनि ए सिक्स्टिन बायोनिक रहेको छ। 

images

फिफ्टिन प्रो र प्रो म्याक्समा क्यामेरा क्षमता बढेको एप्पलले दाबी गरेको छ।  तीनवटा क्यामेरा सेटिङसहित प्रो मोडल एप्पलको ए १७ चिपसेटमा आधारित छ।

images

आईफोनमा क्र्यास डिटेक्सन, नेटवर्क नटिप्ने ठाउँमा स्याटेलाईटको माध्यमबाट कनेक्सनको सुविधालाई विस्तार गरेको छ। याटेलाईटबाट आपतकालीन म्यासेजिङको सुविधा हुने छ। 

आईफोन फिफ्टिन प्रोन भर्सनमा भिडियो रेकर्डिङ, फोटोग्राफीमा नयाँ फिचर्स थपिएको कम्पनीले दाबी गरेको छ। जुम लेन्स तथा टेली फोटोमा सुधार गरिएको तथा नाइटमोडमा सुधार भएको कम्पनीले दाबी गरेको छ। प्रो भर्सनका फोन टाइट्यानियम फ्रेममा रहेका छन्। 

मूल्यमा भने एप्पलले बढाएको छैन। फोर्टिनकै तहमा मूल्य निर्धारण गरिएको छ। आइफोन फिफ्टिनको मूल्य ७९९ डलरबाट सुरू हुनेछ भने प्रो भर्सनको ९९९ डलरबाट सुरू हुनेछ। 

एप्पले आइफोनको मूल्यभन्दा पनि क्लाउड सर्भिस तथा अन्यमा मूल्य विस्तार गरेको छ। हार्डवेयरभन्दा सफ्टवेयरको मूल्यबाट ब्यापार बढाउने रणनीतिमा रहेको कम्पनीले डिभाइसको मूल्यमा खासै परिवर्तन गरेको छैन। 

त्यस्तै एप्पलले प्एप्पल वाच सिरिज ९ र वाच अल्ट्रा २ सार्वजनिक गरेको छ।

एप्पलले सन् २०३० भित्र आफ्ना उत्पादनको कार्वन फुटप्रिन्ट न्युट्रल बनाउने लक्ष्य सार्वजनिक गरेको छ। महात्वकांक्षी यो लक्ष्य पूरा गर्नका लागि कतिपय उत्पादनमा अहिलेदेखि नै लागू गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार अहिले वाच सिरिज नाइनमा कार्वजन न्युट्रलको लक्ष्य पूरा भएको छ। 

मेटल तथा उपकरण सकेसम्म रिसाइकलयोग्य बनाउने, हरित ऊर्जाको प्रयोग तथा सिपिङलाई किफायति बनाउँदै सन् २०३० सम्म लक्ष्य पूरा गर्नेमा कम्पनीको विश्वास छ। 

images

प्रकाशित : बुधबार, भदौ २७ २०८०१०:२५
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ