बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटाका पन्च र टियागो ईभीको सबै मोडलमा यस्तो छ मूल्य

मंगलबार, भदौ २६ २०८०
टाटाका पन्च र टियागो ईभीको सबै मोडलमा यस्तो छ मूल्य

त्यसैगरी टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्च पनि नाडा अटो शोमै सार्वजनिक भएको हो।

काठमाडौं- टाटा मोटर्सको नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो ईभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ। राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औँ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको बिक्री सुरु गरेको हो। 

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरु रहेका छन्। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता रहेका छन्। क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरु रहेका छन्। 

यो गाडीको इन्टेरियर आरामदायी तथा एक्स्टेरियर आकर्षक रहेको छ। यस टियागो ईभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै टियागो ईभी एमआर एक्सटीको २२ लाख ९९ हजार, एलआर एक्सटीको २५ लाख ४९ हजार, एलआर एक्सजेड प्लसको २६ लाख ९९ हजार र एअआर एक्सजेड प्लस टेकको २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

यस्तै अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट आवर र रेञ्ज ४ सय ५३ किलोमिटर रहेको छ। टियागो ईभीजस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ। आरामको लागि पावर विन्डो र पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन ईभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ। सुरक्षाको लागि यसमा एन्टि-लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनजस्ता व्यवस्थाहरु छन्। नेक्सन ईभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ लाख रुपैयाँ राखिएको छ।

त्यसैगरी टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्च पनि नाडा अटो शोमै सार्वजनिक भएको हो। आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्णसुरक्षा रहेका छन्। नयाँ युग सुहाउदो सोच र प्रविधिमा  आधारित यो गाडीले ग्राहकहरुको बदलिँदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयूभी रुपमा पनि परिचित छ। 

 

टाटा पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ। त्यस्तै अन्य मोडलहरुको मूल्य क्रमशः पन्च ऐडभेन्चर एमटीको ३७ लाख ४९ हजार, पन्च एकम्प्लिस्ड एमटीको ४० लाख ४९ हजार र पन्च क्रिएटिभ एमटीको ४३ लाख४९ हजार रुपैयाँ तोकिएको छ। 

‘नेपालकै प्रख्यात नाडा अटो सोमा भाग लिइ टाटाका अत्याधुनिक गाडीहरु नेपाली ग्राहकहरु समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ,’ टाटा मोटर्सको इन्टरनेशनल बिजनेस हेड मयंक वाल्डीले बताए। हरित यातायातको विकासमा निरन्तर नयाँ नयाँ आयामहरू थप्दै गर्ने प्रतिबद्धताअनुरुप टाटा टियागो ईभी नेपाल आएको उनको भनाीइ छ। त्यसैगरी टाटा पन्चले नेपाली बजारमा टाटाको ‘एसयूभी पोर्टफोलियो’ लाई थप बलियो एवं बृहत बनाउदै जाने उनको विश्वास छ।      

सिप्रदी  ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा टियागो ईभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकको ड्राइभिङ अनुभवलाई नवीन र दिगो ढंगले रुपान्तरण गर्ने बताए। टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस गरेको श्रेष्ठको भनाइ छ। 


प्रकाशित : मंगलबार, भदौ २६ २०८०१३:४२
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend