बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय गाडीमा अब धेरै कर बढ्दैन : अर्थमन्त्री महत 

मंगलबार, भदौ २६ २०८०
विद्युतीय गाडीमा अब धेरै कर बढ्दैन : अर्थमन्त्री महत 

सरकारले विद्युतीय गाडीलाई करदेखि लिएर पूर्वाधार निर्माणसम्म सहुलियत दिएको उनको भनाइ छ। 'चार्जिङ स्टेसनमार्फत सरकारले विद्युतीय सकारी प्रवर्द्धन गर्ने र आगामी दिनमा कर कम बढाने हाम्रो नीति छ', उनले भने।

काठमाडौं- अर्थमन्त्री डा प्रकाशरण महतले विद्युतीय गाडीमा अब धेरै कर नबढ्ने बताएका छन्।

काठमाडौंमा आजदेखि सुरू भएको नाडा अटो शो २०२३ को उद्घाटन गर्दै महतले विद्युतीकरणअन्तर्गत नै विद्युतीय गाडी प्रjर्द्धन गर्ने सरकारो नीति रहेको बताएका हुन्। 

व्यक्तिगत सवारी साधनलाई विलासी भनेर यसअघि कर बढाइएको तर अब विद्युतीय गाडीको युगमा त्यस्तो नहुने उनको भनाइ छ। सरकारले विद्युतीय गाडीलाई करदेखि लिएर पूर्वाधार निर्माणसम्म सहुलियत दिएको उनको भनाइ छ। 'चार्जिङ स्टेसनमार्फत सरकारले विद्युतीय सकारी प्रवर्द्धन गर्ने र आगामी दिनमा कर कम बढाउने हाम्रो नीति छ' उनले भने।

डिजेल पेट्रोलबाट चल्ने गाडीका सवालमा पहिले विलासी भनेर कर बढाइएको र त्यसलाई घटाउनका लागि कोही पनि तयार नरहेको उनले स्वीकार गरे। 

कुनै पनि आर्थिक क्षेत्रका व्यवसायीहरूले जायज माग लिएर आएमा सरकार त्यसलाई सम्बोधन गर्न तयार रहेको उनको भनाइ छ।

मन्त्री महतले व्यवसायीहरूलाई सधैँभरि विदेशबाट गाडी ल्याएर बेचेर नबस्न सुझाव पनि दिएका थिए। व्यवसायीहरूले डिलर एशोसिएसनबाट उत्पादक एशोसिएसन बनाउन लाग्नुपर्ने महतको भनाइ छ।

नेपालमै सवारी तत्काल उत्पादन हुन नसकेपनि पार्टपुर्जा उत्पादनका लागि अग्रसर हुन व्यवसायीलाई उनले आग्रह गरे।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००८:५७
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend