मंगलबार, फागुन २७ गते २०८१    
मंगलबार, फागुन २७ २०८१
images
images

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मनायो २५औँ रजत जयन्ती

images
मंगलबार, भदौ २६ २०८०
images
images
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मनायो २५औँ रजत जयन्ती

रजत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंसा गरे।

images
images

काठमाडौं- सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले २५औँ रजत जयन्ती मनाएको छ।

images
images

२५ वर्ष अगाडी सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेसनले प्राविधिक शिक्षाको दिर्घकालीन सोच बनाएको थियो। आईटीमा स्नातोकोत्तरसम्म अध्ययन हुने फाउन्डेसनबाट अहिलेसम्म १२ हजार भन्दा बढी विद्यार्थी दिक्षित भइसकेका छन्। फाउन्डेसनले स्थापना कालदेखि नै सबैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ।

images
images

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक-एक जना किशोरीलाई प्रत्येक वर्ष निशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ। भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेसनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको छ।

images
images

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशकदेखि संलग्न रहँदै आएका ९ जनालाई सम्माननीय उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरे। रजत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंसा गरे। ‘मुलुक डिजिटल युगमा प्रवेश गरीसकेको छ र हाम्रो भविष्य सूचना प्रविधिको विकाससँगै जोडिएको छ। पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती हासिल पनि भएका छन्', उनले भने, 'नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेसनले खेलेको भूमिका अतुलनीय छ।’

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्वपुर्ण योगदान गरेको बताइन्।

फाउन्डेसनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न सफल भएको बताए। नेपालमा दक्ष जनशक्ती उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, भदौ २६ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend