बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नियमित आन्तरिक उडानमा फर्कंदै गुण एयरलाइन्स

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
नियमित आन्तरिक उडानमा फर्कंदै गुण एयरलाइन्स

निजी हवाई सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले नियमित आन्तरिक उडानको तयारीलाई तिब्रता दिएको छ। एक वर्ष अगाडिसम्म सिम्रिक एयरलाइन्सको नाममा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले गुण नाममा परिवर्तन गरेर उडानमा आउन लागेको हो।

images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले नियमित आन्तरिक उडानको तयारीलाई तिब्रता दिएको छ। एक वर्ष अगाडिसम्म सिम्रिक एयरलाइन्सको नाममा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले गुण नाममा परिवर्तन गरेर उडानमा आउन लागेको हो।

images
images

एयरलाइन्सले केही समय अगाडि मात्रै यती एयरलाइन्सको ५ वटा जेट स्ट्रिम जहाज खरिद गरेको थियो। एयरलाइन्ससँग अब ७ वटा जहाज भएको छ।

images
images

नागरिक उड्डयन प्राधिकरणबाट एओसी लिन काम अन्तिम चरणमा पुगेको एयरलाइन्सले जनाएको छ। अनुमति पाएसँगै भदौ महिनाको अन्तिम  हप्ता देखि नियमित आन्तरिक हवाइ सेवा सुरु गर्ने गरी तयारी पूरा भएको एयरलाइन्सले जनाएको छ।

images
images

उडान सञ्चालनको तयारीमा तीब्र रुपमा अगाडि बढेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्री प्रमुख प्रज्वल थापाले बताए।

उडानको सुरुवातमा काठमाडौंबाट पोखरा, भरतपुर र तुम्लिङटार हुने एयरलाइन्सले जनाएको छ। दोस्रो चरणमा सिमरा, भैरहवा,  जनकपुर, नेपालगन्ज र बिराटनगर को लागि उडान तयारी भएको थापाले बताए।


प्रकाशित : सोमबार, भदौ २१ २०७८१४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend