शनिबार, वैशाख १५ गते २०८१    
images
images

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास 

दुई वर्षमा २२ प्रतिशत भौतिक प्रगति, आगामी तीन वर्षभित्र सक्ने लक्ष्य

images
images
images
२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास 

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ।

images
images

काठमाडौं- कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको उद्‌घाटन गरिएको छ।

images
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले काठमाडौंमा मंगलबार आयोजित विशेष समारोहकाबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गरेका हुन्।

images

रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका-१मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन्।   

images

शिलान्यास समारोहमा मन्त्रीले बस्नेतले नेपालको जलविद्युत विकासमार्फत आर्थिकरुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे। मुख्यरुपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे।

images
images

आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ-इस्ट पावर (कोइन) का सभापति एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिकरुपमा खपत बढाइ अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए। 

आयोजनाको मुख्य निर्माण गत २०७८ पुसबाट सुरु गरिएको थियो। भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरुको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ। आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ। आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने छ। 

आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन्। त्यसमध्ये करिब ५ सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन्। आयोजना निर्माण अवधि (५ वर्ष) मा ७००-१००० जना नेपाली श्रमिकले दैनिकरुपमा रोजगारी पाउने छन्। आयोजना सञ्चालन अवधि (३० वर्ष)मा ७०-८० जनाले रोजगारी पाउने छन्।  

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ। 
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। 

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ। 

आयोजनाबाट वार्षिकरुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित उर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली-३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ। कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ। 

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ। आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ। 

images

प्रकाशित : मंगलबार, भदौ २६ २०८००७:३६

प्रतिक्रिया दिनुहोस