शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नाडा अटो शो २०२३ सुरु, अर्थमन्त्री महतले गरे उद्घाटन 

images
मंगलबार, भदौ २६ २०८०
images
नाडा अटो शो २०२३ सुरु, अर्थमन्त्री महतले गरे उद्घाटन 

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहेका छन्। 

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो एक्सपो २०२३’ सुरु भएको छ। नाडा अटो शोको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गरेका हुन्।

images
images
images

उद्‌घाटन कार्यक्रममा अर्थमन्त्री महतले पहिले विलासी भनेर अटोमोबाइलमा धेरै कर लगाइए पनि अहिले त्यसलाई घटाउन कुनै हिचकिचाहट नभएको बताए। अहिले विद्युतीय सवारीतर्फ गइसकेकाले अब यसमा धेरै कर नबढ्ने मन्त्री महतले बताए। 'चार्जिङ स्टेसनमार्फत सरकारले विद्युतीय सकारी प्रवर्द्धन गर्ने र आगामी दिनमा कर कम बढाउने हाम्रो नीति छ', उनले भने। 

images
images

अब व्यवसायीहरूले डिलर एशोसिएसनबाट उत्पादक एशोसिएसन बनाउन लाग्नुपर्ने महतको भनाइ छ। नेपालमै सवारी तत्काल उत्पादन हुन नसके पनि पार्टपुर्जा उत्पादनका लागि अग्रसर हुन अर्थमन्त्री महतले व्यवसायीलाई आग्रह समेत गरे।

images
images

‘नाडा अटो शो २०२३’ लाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले देशकै सबैभन्दा ठूलो शो भनेको छ। कोभिड र आयात प्रतिबन्धका कारण लगातार तीन वर्षदेखि हुन नसकेको अटो शो यो वर्ष भएको हो। यो वर्षको नाडा अटो शोमा उल्लेख्य रुपमा विद्युतीय सवारी प्रदर्शनीका लागि राखिने भएका छन्। 

सवारी आयातकर्ता कम्पनीहरुले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरिरहेका छन्। त्यस्तै कयौँ कम्पनीहरुले अटो शोमै आफ्ना नयाँ मोडलका कारहरु सार्वजनिक गरेका छन्। 

नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी भएकाले यसलाई सहज र व्यवस्थित बनाइएको नाडा अटो शो २०२३ का संयोजक अनुपकुमार बरालले बताए। अटो शोमा दुई पांग्रे, चार पांग्रे, कमर्सियल सवारीका नयाँ तथा उपलब्ध सवारीको प्रदर्शनी र प्रविधिबारे जानकारी पाउन सकिने बरालको भनाइ छ।

यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएको नाडाले जनाएको छ। प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ। लामो समयदेखि हुन नसकेकाले नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरूको अत्यधिक सहभागिता भएको नाडाको भनाइ छ। 

दर्शकहरूले यस प्रदर्शनीमा विद्युतीय सवारीसाधनहरू लगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलहरूको अवलोकन गर्न पाउने छन्। खासगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू प्रदर्शनीमा छन्। 

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहेका छन्। 

नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ भदौ २६ मा सुरु भएको र ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डपमा चल्ने छ।  

नाडा अटो शो २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गरेको हो। अटो शो २०२३ को प्रयोजक टाटा मोटर्स जेनियुन अइल रहेको छ।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००८:१८
  • सम्बन्धित विषय:

  • # nada
  • # nada auto show2023
  • # biznessnews
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend