मंगलबार, वैशाख २५ गते २०८१    
images
images

आजदेखि नाडा अटो शो २०२३, विद्युतीय सवारीको दबदबा 

images
images
images
आजदेखि नाडा अटो शो २०२३, विद्युतीय सवारीको दबदबा 

सवारी आयातकर्ता कम्पनीहरुले अटो शो सुरु दुने दई दिन अघिदेखि नै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गर्न थालि सकेका थिए।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने लागेको ‘नाडा अटो एक्सपो २०२३’ सुरु हुँदैछ। मध्यान्नमा औपचारिक कार्यक्रम गरेर नाडाले अटो शो उद्घाटन गर्दैछ। 

images
images
images

कोभिड र आयात प्रतिबन्धका कारण लगातार तीन वर्षदेखि हुन नसकेको अटो शो यो वर्ष हुन लागेको हो। यो वर्षको नाडा अटो शोमा पनि उल्लेख्य रुपमा विद्युतीय सवारी प्रदर्शनीका लागि राखिने भएका छन्। 

images

सवारी आयातकर्ता कम्पनीहरुले अटो शो सुरु दुने दई दिन अघिदेखि नै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गर्न थालि सकेका थिए। त्यस्तै कयौँ कम्पनीहरुले अटो शोमै आफ्ना नयाँ मोडलका कारहरु सार्वजनिक गर्ने तयारी गरेका छन्। 

images

नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी भएकाले यसलाई सहज र व्यवस्थित बनाइएको नाडा अटो शो २०२३ का संयोजक अनुपकुमार बरालले बताए। अटो शोमा दुई पांग्रे, चार पांग्रे, कमर्सियल सवारीका नयाँ तथा उपलब्ध सवारीको प्रदर्शनी र प्रविधिबारे जानकारी पाउन सकिने बरालको भनाइ छ। 

images
images

अटो शोको सम्पुर्ण तयारी पूरा भएको र सहभागी कम्पनीहरुले आफ्नो स्टल निर्माणको कामसमेत सकेकाले अब औपचारिक उद्घाटनकोमात्र पर्खाइ रहेको संयोजक बरालले बताए। 

यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएको नाडाले जनाएको छ। प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ। नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणहरूबाट आयोजना हुन सकेको थिएन। लामो समयदेखि हुन नसकेकाले नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरूको अत्यधिक सहभागिता भएको नाडाको भनाइ छ। 

दर्शकहरूले यस प्रदर्शनीमा विद्युतीय सवारीसाधनहरू लगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलहरूको अवलोकन गर्न पाउने छन्। खासगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू प्रदर्शनीमा रहने छन्। 

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहने छन्। विभिन्न अवरोधहरूका बावजुद पनि नाडाले गत वर्ष नाडा ईभी एक्सपो २०२२ आयोजना गरेको थियो। 

नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ भदौ २६ (आज) सुरु भएर ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुँदैछ। 

सो प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधनहरूको विक्रीका लागि विभिन्न छुट र सुविधासहितका प्याकेजहरू समेत दिने छन्। यस प्रदर्शनीमा ७५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अनुमान नाडाले गरेको छ। 

नाडा अटो एक्सपो २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गर्नेछ। अटो शो २०२३ को प्रयोजक टाटा मोटर्स जेनियुन अइल रहेको छ।

यो अटो शोमा नाडाले पार्किङलाई व्यवस्थित गर्न सटल बसको व्यवस्थासमेत गरेको छ। 

images

प्रकाशित : मंगलबार, भदौ २६ २०८००१:०३
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस