शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

नेपाली फिनटेक उद्योगकै युवा सीईओ पायो खल्तीले 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १ २०७८
नेपाली फिनटेक उद्योगकै युवा सीईओ पायो खल्तीले 

'म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरि भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु' उनले भनेका छन्। 

काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक (पी.एस.पी), 'खल्ती' ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। 

२७ वर्षिया खड्काले सीइओको पदभार ग्रहरण गरेका छन्। उनी नेपाली  फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएको कम्पनीले दाबी गरेको छ।

खड्काले 'खल्ती'को व्यवस्थापन समितिसँग मिलेर 'खल्ती'को वित्तीय र डेटा सुरक्षालाई प्राथमिकता दिनेगरी काम गर्ने बताएका छन्। 

'म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरि भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु' उनले भनेका छन्। 

खल्ती डिजिटल वालेट नेपालको पेमेन्ट गेटवे हो। ‘खल्ती’ को प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । २० लाख बढी प्रयोगकर्ता भएको कम्पनीले जानकारी दिएको छ। 

 

 


प्रकाशित : बुधबार, मंसिर १ २०७८०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend