शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

सरकारी जागिरबाट अवकाशपछि व्यावसायिक कागतीखेती, तरकारी र फलफूलमा पनि जम्दैछन् वली

images
images
images
सरकारी जागिरबाट अवकाशपछि व्यावसायिक कागतीखेती, तरकारी र फलफूलमा पनि जम्दैछन् वली

कर्णबहादुर वलीले कागती खेतीसँगै व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छन्। झन्डै २८ वर्ष राष्ट्रिय अनुसन्धानमा जागिरे जीवन बिताएका ५२ वर्षीय वलीले एक बिघा जमिनमा तरकारी र फलफूल खेती गरेका छन्।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लागेका छन्। सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लागेका वलीले करिब पाँच कट्ठा जमिनमा कागती खेती गर्दै आएका हुन्।

images
images
images

व्यावसायिक तरकारी खेतीसँगै कागती खेतीमा लागेका वलीले आम्दानीसमेत लिन थालेको बताए। पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री गरेका वलीले यस वर्ष त्यसको दोबर बढी फलेको बताए।

images

गत वर्षभन्दा यस वर्ष कागती राम्रो फलेको र अझै फल्नेक्रम भइरहेकाले आम्दानी बढ्ने आशामा उनी छन्। किसान वलीले भने, 'पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री गरेको थिए, थोरै भए पनि सुरुकै वर्ष राम्रै आम्दानी भएको थियो, यस वर्ष झन् धेरै भएकाले आम्दानी बढी हुने आशा छ।'

images

धेरै मेहनत नलाग्ने र बिक्रीका लागि पनि समस्या नहुने भएकाले कागती खेती गर्न सुरु गरेको वली बताउँछन्।

images
images

कागती खेतीबाट राम्रो आम्दानी हुने देखेपछि बर्सेनि बोटसमेत बढाउँदै लग्ने सोचमा उनी छन्। 'चार वर्षअघि ८० बिरुवा रोपेर व्यावसायिक कागतीखेती सुरु गरेको थिएँ, तर पाँच वटा बिरुवा सुरुमै मरेपछि ७५ मात्रै बिरुवा बचे, अहिले तिनै बिरुवा फल्न सुरु गरेका छन्,' उनले भने, 'त्यसमा गत वर्ष फेरि २५ विरुवा थप गरेर सय बिरुवा पुर्‍याएको छु।'

उनले उपमहानगरपालिकाको कृषि शाखाले अनुदानमा निःशुल्करुपमा ८० बिरुवा उपलब्ध गराएपछि पहिलो वर्ष रोपेका थिए। जिल्लामा कागती बिक्रीका लागि कुनै समस्या नरहेको उनी बताउँछन्। 'पछिल्लो समय कागतीको माग बढ्दै गएको छ, मागको तुलनामा जिल्लामा उत्पादन नहुँदा बाहिरबाट आउने गरेको छ,' उनले भने, 'कागती बिक्रीका लागि समस्या छैन, जति उत्पादन गरे पनि बिक्री हुने अवस्था छ।' 

उनले कागती खेतीसँगै व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छन्। झन्डै २८ वर्ष राष्ट्रिय अनुसन्धानमा जागिरे जीवन बिताएका ५२ वर्षीय वलीले एक बिघा जमिनमा तरकारी र फलफूल खेती गरेका छन्।

प्रांगारिक मलको प्रयोग गरेर तरकारी खेती गर्दै आएका वलीले व्यावसायिक टमाटर खेतीका लागि १६ टनेलभित्र थोपा सिँचाइको समेत व्यवस्था गरेर टमाटरखेती गर्दै आएको बताए। आफूले मात्रै खेतीमा नभ्याउने भएकाले तरकारी रोप्ने, गोडमेल र टिप्ने समयमा मानिस लगाउने गर्ने गरेको वलीले बताए। 'कागती र तरकारी खेती राम्रो हुँदै गएको छ, कामको आवश्यकताअनुसार मानिस पनि लगाउने गरेको छु', उनले भने।

रासायनिक मल प्रयोग नगर्ने र खासगरी बेमौसमी टमाटर उत्पादन गर्ने भएकाले टमाटर बिक्रीमा समस्या नभएको उनी  बताउँछन्। उनका अनुसार भट्टे पूरै गाउँमा कसैले पनि तरकारी खेतीमा रासायनिक मलको प्रयोग गर्ने गरेका छैनन्। रासायनिक मलको विकल्पमा किसानले भर्मी कम्पोष्ट मल खेतीमा प्रयोग गर्ने गरेका छन्। रासस

images

प्रकाशित : सोमबार, भदौ २५ २०८००८:००

प्रतिक्रिया दिनुहोस