शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सर्वाधिक कर तिर्ने सूर्य नेपाल, आयकरमा नेपाल टेलिकम 

images
बुधबार, मंसिर १ २०७८
images
images
सर्वाधिक कर तिर्ने सूर्य नेपाल, आयकरमा नेपाल टेलिकम 

विभागले तिरेको करको आँकडा भने सार्वजनिक गर्दैन। 

images
images

काठमाडौं- सर्वाधिक कर तिरेको भन्दै सूर्य नेपाल प्रालि सरकारबाट सम्मानित भएको छ।

images
images

१० औँ कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न शीर्षक र क्षेत्रमा धेरै कर तिर्ने १५ जना करदातालाई सम्मान गरेको छ। 

images
images

आयकर, मूल्य अभिवृद्धि कर तथा क्षेत्रगत रुपमा उत्कृष्ट करदातालाई विभागले सम्मान गरेको हो। 

images
images

समग्रमा सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ। चुरोट उत्पादक कम्पनी सुर्य नेपालले आयकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क गरी सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ।  

त्यस्तै धेरै आयकर तिर्ने कम्पनीमा नेपाल टेलिकम रहेको छ। सरकारी स्वामित्वको कम्पनीले सबै कम्पनीभन्दा धेरै आयकर तिरेको हो। त्यस्तै व्यक्तिगत तर्फको सबैभन्दा धेरै कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा रहेका छन्। सिप्रदी ट्रेडिङका अध्यक्ष जबरा पछिल्लो समय व्यक्तिगत रुपमा धेरै कर तिर्ने करदाताका रुपमा रहँदै आएका छन्। 

विभागले तिरेको करको आँकडा भने सार्वजनिक गर्दैन। 

निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- डाबर नेपाल प्रा. लि.

विशेष उद्योगहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- एशियन पेन्टस (नेपाल) प्रा.लि.

कृषि एवं पशुपन्छीजन्य उद्योगहरू सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता  -  पूर्वाञ्चल एग्रीटेक प्रा.लि.

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

सहकारी तथा लघु वित्तको कारोबार गर्ने संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड 

बैंक वित्तीय संस्थाको कारोवार गर्ने संस्थाहरुमध्ये- नविल बैंक लिमिटेड

वीमा व्यवसाय मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता-  नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(ह्यात)

वस्तु व्यापार को कारोबार मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर

मध्यमस्तरीय करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता - कर्जा सूचना  केन्द्र कम्पनी लिमिटेड

उर्जामूलक उद्योगहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- हिमाल पावर लिमिटेड

व्यक्तिगत आय मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता- सिद्धार्थ शम्सेर ज.व. राणा 

सबैभन्दा बढी कर दाखिला गर्ने करदाता- सूर्य नेपाल प्रा.लि. 

२०६६ साउनदेखि २०७८ असारमसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदाताहरु मध्ये आ.व. २०७७/ ७८ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने करदाता -  घोराहि सिमेन्ट ईण्डष्ट्रि लिमिटेड


प्रकाशित : बुधबार, मंसिर १ २०७८०६:४६
  • सम्बन्धित विषय:

  • # भ्याट कार्यान्वयनको २५ वर्ष


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend