बुधबार, वैशाख १२ गते २०८१    
images
images

सिद्धार्थ शमशेर राणा : जो चुपचाप शीर्ष स्थानमा छन्

images
images
images
सिद्धार्थ शमशेर राणा : जो चुपचाप शीर्ष स्थानमा छन्
images
images

काठमाडौं- नेपालमा आयकर तिर्ने भन्नेवित्तिकै पहिले सम्झिने नाम हो- सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणा। हरेक वर्ष व्यक्तिगततर्फ आयकर तिर्ने उत्कृष्टको सूचीमा पछिल्लो एक दशकदेखि राणाको नाम छुटेको छैन।

images
images
images

कार्यक्रमहरूमा प्राय नदेखिने राणा व्यक्तिगत चर्चाभन्दा परै बस्न रुचाउँछन्। व्यवसायमा एकचित्त उनी तारिफको होहल्ला र सञ्चारमाध्यमको चर्चाबाट बाहिर नै देखिन्छन्। सर्वाधिक आयकर तिरेको सम्मान लिनसमेत उनी आफ्ना प्रतिनिधि पठाउने गर्छन्। कर तिर्नु जिम्मेवारीको काम भएकाले त्यसलाई धेरै चर्चामा राख्न उनी चाहँदैनन्। 

images

पहिलो पटक २०६८/६९ मा सबैभन्दा धेरै व्यक्तिगततर्फ कर तिर्नेमा राणा उत्कृष्ट बनेका थिए। गत वर्ष जावलाखेल डिस्टिलरीका विजयबहादुर शाह सर्वाधिक आयकर तिरेर उत्कृष्ट करदातमा सम्मानित भएका थिए। यसवर्ष फेरि राणाले नै उक्त ताज फर्काएका छन्।

images

राणा यसवर्षसहित ७ पटक व्यक्तिगत आयकर तिर्नेमा पहिलो बन्दै सम्मानित भएका छ्न्। राणा २०६८/६९, २०६९/७०, २०७१/७२, २०७२/७३, २०७३/७४, २०७४/७५ र २०७६/७७ गरी सात पटक उत्कृष्ट करदाताको सूचीमा पर्दै सम्मानित भएका हुन्। बुधबार २०७८ को कर दिवसको अवसरमा राणाको उपस्थिति भने थिएन। राणाको प्रतिनिधिको रुपमा शम्भु दाहालले सम्मान ग्रहण गरेका थिए। 

images
images

‘राज्यलाई कर तिर्नुपर्छ भन्ने मान्यतामा उहाँ सधैँ अडिग हुनुहुन्छ, आफू मात्रै होइन कर्मचारीलाई पनि सोही सन्देश दिनुहुन्छ,’ दाहालले भने।

राणाको सिप्रदीसँगै हस्पिटालिटी, उत्पादनमूलक उद्योग, जलविद्युत लगायतमा उनको लगानी रहेको छ। सिप्रदी ट्रेडिङ, सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा उनको लगानी छ। 

बाबुको प्रेरणाले उदाएका सिद्धार्थ  

सिद्धार्थ उमेरले ५४ वर्षका भए। सिद्धार्थले व्यवसायमा आउनुअघि बेलायतको बार्कलेज बैंक र नेपालको स्टान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए। पछि उनले बाबु प्रभाकरको व्यवसाय सम्हाले। नेतृत्वमा आएपछि पनि उनले बाबुको आदर्शलाई छाडेनन्। 

सिद्धार्थ सन् २००१ मा ३४ वर्षको उमेरमा वल्ड इकोनोमिक फोरम, डावोसद्वारा ‘ग्लोबल लिडर फर टुमरो’ का रूपमा सम्मानित भएका थिए। नेपालका ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्छन्।

नेपालमा कुनै बेला करको विवाद उत्कर्षका पुगेको थियो। सोही समयमा सिद्धार्थका बाबु प्रभाकर राणाले समन्वयकारी भूमिका खेलेका थिए। करका मामिलामा सबै व्यवसायीको सोच गलत हुन्न भन्ने सन्देश उनले दिएका थिए। नेपालमा स्वच्छ व्यवसायका ‘पायोनियर’ मानिने प्रभाकरकै पदचाप सिद्धार्थले पक्रिएका हुन्। 

सूर्य नेपालमा समेत राणा परिवारको केही हिस्सा लगानी गरिरहेको छ। सूर्य नेपाल देशकै सफल कम्पनीको सूचीमा अग्रस्थानमा छ। त्यसैले सार्वाधिक कर तिर्ने कम्पनीका रुपमा पटक-पटक सम्मानित हुने गरेको छ। 

सिद्धार्थले आफ्नो नेतृत्वमा चलिरहेका कम्पनीलाई सकेसम्म कर विवादबाट टाढा राख्न खोजेका छन्। तर, आफ्ना बाबुको विरासतलाई उनले ढल्न दिएका छैनन्।  

सिद्धार्थले नेतृत्व गरेका कम्पनीहरू सफल पनि हुँदै आएका छन्। नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको कम्पनीले विभिन्न अटो पार्ट्सको पनि बिक्री गर्दै आएको छ।  

टाटाको उत्कृष्ट आधिकारिक बिक्रेताका रुपमा पुरस्कार थाप्ने गरेको छ। वर्षमा ५० अर्बभन्दा बढीको कारोबार गर्ने सिप्रदी व्यवसायिक सवारी साधनमा एक नम्बरमा रहने गरेको छ। 

पछिल्लो समय प्यासेन्जर कार सेगमेन्टमा पनि पहिलो बन्ने गरी अगाडि बढेको छ। सिद्धार्थ नेतृत्वको कम्पनीको लगानी सोल्टी होटलमा पनि रहेको छ। बाबुले स्थापना गरेको सोल्टीसहित होटल व्यवसायलाई विस्तार गर्न अहिले सिद्धार्थले जोडबल गरेका छन्। सोल्टी होटलको चेन नेपालगञ्जमा पनि खुलेको छ। बाबुको प्रयासमा खुलेको कम्पनीले प्रसिद्ध जोन प्लेयर ब्रान्डको कपडाको उत्पादन नेपालमै थालेको थियो। तर राजनीतिक अस्थिरताका कारण उत्पन्न श्रम समस्याले कम्पनी बन्द हुन पुग्यो।

विदेशी लगानीका माध्यमबाट विभिन्न विदेशी प्रविधिलाई नेपालमा ल्याउन उनको घराना सफल छ। विदेशी पुँजी र प्रविधि ल्याएर देशभित्रै रोजगारी सिर्जना गर्न यो राणा परिवारको ठूलो भूमिका छ। भोटेकोशी जलविद्युत आयोजनामा नेपालमा पहिलोपटक जलविद्युतमा प्रत्यक्ष विदेशी लगानी यही परिवारले भित्र्याएको थियो।

‘कम्पनीहरूमा पारिवारिक हस्तक्षेप पटक्कै नहुने गरेको छ, कम्पनीमा आउनेले सुरुमै पारदर्शी हुन सिक्नुपर्छ, कम्पनीको प्रणालीलाई आत्मसाथ गर्नुपर्छ,’ दाहालले भने।  

images

प्रकाशित : बुधबार, मंसिर १ २०७८०७:५८

प्रतिक्रिया दिनुहोस