शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सिप्रदी अटोपार्टसको रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम : एक जनालाई स्कुटर, दुई जनालाई आइफोन १४ प्रो

images
आइतबार, भदौ २४ २०८०
images
सिप्रदी अटोपार्टसको रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम : एक जनालाई स्कुटर, दुई जनालाई आइफोन १४ प्रो

टाटा वफादारी कार्यक्रमअन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार, आइफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए। 

images
images

काठमाडौं- टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको आधिकारिक बिक्रेता सिप्रदी अटो पार्टस प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।

images
images
images

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको उपस्थितिमा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए। 

images
images

टाटालाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएरमात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाई साथमा लिएर अगाडि बढ्ने गरको बताए।

images
images

सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रविधिहरुको तालिम उपलब्ध गराइरहेको जानकारी गराउँदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए। 

कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागि सिप्रदीले नबिल बैंकसँग सम्झौता गरको र नयाँ प्रविधिसँग अभ्यास हुन डायनामिक टेक्नोसफ्टसँग समझौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी कम्पनीले गराएको छ। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहकलाई टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस् भनि सिप्रदीले अनलाइन स्टोर दराजसँग समझौता गरी दराजमा उपलब्ध गराएको जानकारी दिए।

कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई विभिन्न उपहारहरु प्रदान गरिएको थियो। टाटा वफादारी कार्यक्रमअन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार, आइफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनालेलगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए। 

कार्यक्रममा टाटा मोटर्स अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रविधिलाई आत्मसाथ गर्नुपर्ने बताए। साथै सम्पूर्ण उपहार विजेताहरुलाई शुभकामना दिँदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए। 


प्रकाशित : आइतबार, भदौ २४ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend