शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

वाणिज्य बैंकको लाभांश : माछापुच्छ्रेले १४ प्रतिशत दिँदा एभरेष्टले सबैभन्दा धेरै ४२ प्रतिशत दिने तयारी, अन्यको कति?

images
शनिबार, भदौ २३ २०८०
images
वाणिज्य बैंकको लाभांश : माछापुच्छ्रेले १४ प्रतिशत दिँदा एभरेष्टले सबैभन्दा धेरै ४२ प्रतिशत दिने तयारी, अन्यको कति?
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले लाभांश घोषणा सुरु गरेका छन्। गत आर्थिक वर्षको नाफाबाट माछापुच्छ्रे बैंकले लाभांश वितरण गरिसकेको छ। अघिल्लो आर्थिक वर्ष नाफाबाट माछापुच्छ्रेले लाभांश वितरण गर्न पाएको थिएन। माछापुच्छ्रे बैंकले वर्षभरी क्यापिटल एडिक्वेसी रेसियो (सीएआर) ८.५ प्रतिशत कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। गत आर्थिक वर्ष १ अर्ब ८५ करोड खुद नाफा कमाएको माछापुच्छ्रेको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रहेको थियो। 

images
images
images

माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेसँगै एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंकले लाभांश वितरणका लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति माग गरेका छन्।

images
images

विगत दुई आर्थिक वर्षदेखि क्यापिटल एड्युकेसी रेसियो अनुपात कायम गर्न नसकेको एनआईसी एसिया बैंकले यसपटक राष्ट्र बैंकसँग करिब ३२ प्रतिशत लाभांश वितरणका लागि अनुमति माग गरेको छ। गत आर्थिक वर्ष ४ अर्ब ६५ करोड नाफा गरेको यस बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ। 

images
images

एनआईसी एसियाले करिब ३२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ। बैंकले वितरणयोग्य नाफा सबै वितरण गर्नेगरी राष्ट्र बैंकसँग लाभांश वितरणको अनुमति माग गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

यस्तै गत आर्थिक वर्षको खुद मुनाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको देखिएको छ। एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड खुद नाफा गरेपनि ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। एभरेष्ट बैंकले ४०.५ प्रतिशत आफ्ना लगानीकर्तालाई लाभांश बाँड्ने क्षमता राख्छ। एभरेष्ट बैंकले आफ्नो क्षमता बराबरको लाभांश वितरणका लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति माग गरेको छ। 

यस्तै १७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्ने सानिमा बैंकले पनि राष्ट्र बैंकसँग लाभांश वितरणका लागि प्रारम्भिक अनुमति माग गरेको छ। यस बैंकले गत आर्थिक वर्षको नाफाबाट २ अर्ब २० करोड रुपैयाँ लाभांश वितरण गर्न सक्छ। बैंकले गत आर्थिक वर्ष २ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

स्टाण्डर्ड चार्टर्ड बैंक सबैभन्दा धेरै लाभांश बाँड्नसक्ने बैंकको सूचीमा तेस्रो नम्बरमा रहेको छ। यस बैंकले गएको वर्षको खुद नाफाबाट २८.९९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ। गत वर्ष यस बैंकले ३ अर्ब ५२ करोड खुद नाफा कमाएकोमा २ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।

५ वाणिज्य बैंक लाभांश बाँड्न असमर्थ

गएको आर्थिक वर्षबाट ५ वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्। हिमालयन बैंक र कुमारी बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले यी दुवैले लाभांश वितरण गर्न सक्दैनन्।

यस्तै प्रभु बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको वितरणयोग्य नाफा अत्यन्तै न्यून रहेकाले यी बैंकले लाभांश बाँड्ने सम्भावना न्यून छ।

हिमालयन बैंकको लाभांश वितरण क्षमता ५.४९ प्रतिशतले ऋणात्मक छ भने कुमारी बैंकको ३.२४ प्रतिशतले ऋणात्मक छ। नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ०.४६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ। 

५ वाणिज्य बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा कम

गत आर्थिक वर्षको खुद नाफाबाट ५ वाणिज्य बैंकले ५ देखि १० प्रतिशतको हाराहारीमा मात्रै लाभांश वितरण गर्ने क्षमता राख्छन्। सिद्धार्थ बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक कम लाभांश वितरण गर्ने सम्भावना भएका बैंकहरू हुन्।

सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, सिटिजन्स बैंकको ७.३ प्रतिशत, एनएमबि बैंकको ८.४४ प्रतिशत, ग्लोबल आइएमई बैंक ८.२७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्छन्।

गत आर्थिक वर्ष सबैभन्दा सर्वाधिक धेरै नाफा गर्ने बैंकको सूचीमा रहेको ग्लोबल आइएमई बैंकले लाभांश वितरण क्षमता १० प्रतिशतभन्दा न्यून रहेको छ। ७ अर्ब २५ करोड नाफा गरेको यस बैंकको चुक्ता पुँजी बढी भएकाले प्रतिसेयर लाभांश न्यून भएको हो। ३५ अर्ब ७७ करोड चुक्ता पुँजी रहेकोले यस बैंकको लाभांश कम देखिएको हो। चुक्ता पुँजीको तुलनामा नाफा कमाउन नसक्दा बैंकको लाभांश घटेको हो। यस बैंकले जनता बैंक र बैंक अफ काठमाण्डूलाई १ बराबर १ स्वाप अनुपातमा एक्वायर गरेकाले पनि बैंकको चुक्ता पुँजी बढेको हो।

नबिल बैंकले १४.६४ प्रतिशत मात्रै लाभांश वितरण गर्नसक्ने, अन्यको कति?

विगतमा सर्वाधिक लाभांश वितरण गर्दै आएको नबिल बैंकको लाभांश क्षमता यसपटक घटेको छ। अघिल्लो आर्थिक वर्ष करिब ३० प्रतिशत लभांश वितरण गरेको यस बैंकले गत वर्षको मुनाफाबाट १४.४६ प्रतिशत मात्रै लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ। गएको आर्थिक वर्ष सर्वाधिक ७ अर्ब ५२ करोड नाफा गरेको नबिलको लाभांश वितरण क्षमता करिब ५० प्रतिशतले घटेको छ।

विगतमा अत्याधिक बोनस सेयर वितरण गरेको र अघिल्लो वर्ष नेपाल बंगलादेश बैंकलाई १ बराबर ०.४ स्वाप अनुपातमा प्राप्ति गरेकाले बैंकको चुक्ता पुँजी वृद्धि हुँदा यस बैंकको लाभांश क्षमता घटेको हो। ग्लोबल आइएमई बैंकपश्चात नेपाल बंगलादेशको चुक्ता पुँजी सर्वाधिक धेरै २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ। 

यस्तै गत आर्थिक वर्षको नाफाबाट कृषि विकास बैंकले १४.९२ प्रतिशत, नेपाल एसबीआई बैंकले १३.९३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १४.५९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ। 


प्रकाशित : शनिबार, भदौ २३ २०८०००:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend