बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

अल न्यू हुन्डाई टुसानको बिक्री सुरू, यस्तो छ विशेषता र मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
अल न्यू हुन्डाई टुसानको बिक्री सुरू, यस्तो छ विशेषता र मूल्य

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ। हुन्डाईले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो।

images
images

काठमाडौं- हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ। हुन्डाईले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो।

images
images

‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ। यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ।

images
images

नेपाली बजारमा नयाँ जेनेरेशन टुसान विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ। जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध हुने छ।

images
images

यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटीक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बियन्ट मुड लाइटलयागत विशेषताले चालक र यात्रुलाई सुखद यात्रा गराउने छ।

बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ सोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। हुन्डाई मोटर्स विश्वकै ५औं ठूलो कार उत्पादक कम्पनी हो। 

 


प्रकाशित : सोमबार, भदौ २१ २०७८१४:३४
  • सम्बन्धित विषय:

  • # हुन्डाइ
  • # हुन्डाइ नेपाल
  • # लक्ष्मी इन्टरकन्टिनेन्टल
  • # हुन्डाइ टुसान
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend