शनिबार, साउन १२ गते २०८१    
images
images
images

सतप्रतिशत विदेशी लगानीमा नयाँ विद्युतीय सवारी एसेम्बल उद्योग खुल्दै

पौने ८ करोड लगानी, वार्षिक ३ सय मोटरबाइक बनाउने 

images
शनिबार, भदौ २३ २०८०
images
images
सतप्रतिशत विदेशी लगानीमा नयाँ विद्युतीय सवारी एसेम्बल उद्योग खुल्दै

स्पर्ट इलेक्ट्रिकको एसेम्बल उद्योग रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ मा स्थापना हुनेछ। यो उद्योगमा ७ करोड ७५ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। 

images

काठमाडौं- सवारी एसेम्बल उद्योग स्थापना गर्न उद्योग दर्ता गर्नेक्रम बढेको छ। अहिलेसम्म तीन दर्जनभन्दा बढी उद्योग दर्ता भइसकेका छन्। तर हालसम्म ५/६ वटा कम्पनीले मात्रै एसेम्बल उद्योगमार्फत सवारी बनाइरहेका छन्। 

images
images

त्यस्तैमा सतप्रतिशत विदेशी लगानीसहित नयाँ एसेम्बल उद्योग दर्ता भएको छ। उद्योग विभागका अनुसार भदौ दोस्रो साता स्पर्स इलेक्ट्रिक प्रालि नामक कम्पनी दर्ता भएको हो। यो एसेम्बल उद्योगमा सबै लगानी विदेशीले गर्नेछन्। 

images

स्पर्ट इलेक्ट्रिकको एसेम्बल उद्योग रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ मा स्थापना हुनेछ। यो उद्योगमा ७ करोड ७५ लाख रूपैयाँ लगानी प्रस्ताव गरिएको छ। 

यो एसेम्बल उद्योगले दुईपांग्रे मोटरबाइक एसेम्बल गर्न प्रस्ताव गरेको छ। स्पर्ट इलेक्ट्रिकले वार्षिक ३ य वटा मोटरबाइक एसेम्बल गर्ने उल्लेख गरेको छ। कम्पनीले ६२ जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। 

images

यसअघि पनि थुप्रै एसेम्बल उद्योग दर्ता भइसकेका छन्। केही महिनाअघि मोर्डन इलेक्ट्रिक भेइकल प्रालि नामक उद्योग भएको थियो। उक्त उद्योगमा १४ करोड रूपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। यो उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ। 

नेपालमा दुईपांग्रे, चारपांग्रे, विद्युतीय सवारी, ठूला सवारीसम्म एसेक्बल गर्ने भन्दै करिब तीन दर्जन उद्योग दर्ता भइसकेका छन्। तर एसेम्बल उद्योग सञ्चालन गर्न उद्योग भने कम छन्। हाल बजाज र टीभीएस, यामाहा, रोयल इनफिल्ड र दुई/तीन वटा चिनियाँ ब्रान्डका विद्युतीय सवारी एसेम्बल भइरहेका छन्। 

त्यस्तैगरि हिरो, होन्डा, सुजुकीलगायत ब्रान्डले पनि नेपालमै एसेम्बल गर्न उद्योग दर्ता गरेर उत्पादनका अन्तिम तयारी गरिरहेका छन्। 

त्यस्तै विद्युतीय सवारी एसेम्बल गर्न पनि करिब डेढ दर्जन उद्योग दर्ता भएका छन। यसमध्ये व्यवसायी शिव घिमिरेले विद्युतीय स्कुटर एसेम्बल गर्न सीकेडी ल्याएर परीक्षण उत्पादन सुरु गरिसकेका छन्। एसजी अटोक्राफ्टले नेपालमै विद्युतीय स्कुटर एसेम्बल सुरु गरेको हो। 

एसजी अटोक्राफ्ट प्रालिले विद्युतीय ब्रान्ड ‘ओकला ई-स्कुटर एन्ड बाइक’सँगको साझेदारीमा सीकेडी नेपाल ल्याएको हो। तर एसजी अटोक्राफ्टले आफ्नै ब्रान्ड नेममा विद्युतीय स्कुटर नेपाली बजारमा बिक्री गर्ने जनाएको छ।

त्यस्तैगरी नेपालमै डिजाइन गरेर नेपाली ब्रान्डनेममा यात्री मोटरसाइकलसमेत उत्पादन भइरहेको छ। यात्रीले विद्युतीय मोटर, ब्याट्री प्याकलगायत सबै कच्चा पदार्थ आयात गरेर मोटरसाइकल उत्पादन गर्दै आएको छ। 

कच्चा पदार्थ आयात गरेर सवारी एसेम्बल गरी निर्यात गर्न नसकिने र सरकारी नीति अस्थिर भएकाले चारपांग्रे सवारी उद्योग दर्ता भएपनि एसेम्बलको प्रक्रियामा जान सकेका छैनन्। तर दुई पांग्रे सवारीको भने स्वदेशमै बजार विस्तार हुँदै गएकाले पेट्रालबाट चल्ने तथा विद्युतीय स्कुटर तथा मोटरसाइकल एसेम्बल गर्न धेरै कम्पनीले तयारी गरिरहेका छन्।


प्रकाशित : शनिबार, भदौ २३ २०८००९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend