बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सुनचाँदीको मूल्य लगातार तेस्रो दिन ओरालो

बिहीबार , भदौ २१ २०८०
सुनचाँदीको मूल्य लगातार तेस्रो दिन ओरालो

चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले घटेर प्रतितोला १४ सय १० रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार ओरालो लागेको छ। यो साता आइतबार र सोमबार बढेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ। बिहीबार पनि सुन प्रतितोला चार सय रूपैयाँले घटेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले घटेर प्रतितोला १४ सय १० रूपैयाँ कायम छ।

 

 


प्रकाशित : बिहीबार , भदौ २१ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend