मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

सिकाइमा जेनेरेटिभ एआईको प्रयोग बढ्दो, युनेस्कोले जारी गर्‍यो गाइडलाइन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २१ २०८०
images
images
सिकाइमा जेनेरेटिभ एआईको प्रयोग बढ्दो, युनेस्कोले जारी गर्‍यो गाइडलाइन 

एकातिर सिकाइको विधिको विश्वासनीयता नहुने र अर्कोतिर असमानताको खाडल बढ्दै जाने जोखिम रहेको युनेस्कोले उल्लेख गरेको छ। 

images
images

काठमाडौं- शिक्षा तथा सिकाइमा प्रविधिको प्रयोग तीव्र विस्तार भएको छ। सामान्यदेखि जटिल सिकाइका प्रक्रियामा प्रविधिको प्रभाव बढ्दै गएको छ। 

images
images
images

प्रविधिमा भएको विकासले परम्परागत सिकाइका विधि र पद्धतिलाई चुनौति दिइरहेको छ। पछिल्लो समय ओपन एआईले च्याट जीपीटी सार्वजनिक गरेपछि जेनेरेटिभ एआईको प्रयोग व्यापक भइरहेको छ। 

images
images

सीप र सिकाइका पद्धतिलाई नै निकै प्रभाव पारेको यस्तो प्रविधिका बारेमा राष्ट्र संघीय विशिष्टिकृत संस्था  शिक्षा र संस्कृति सम्बन्धि काम गर्ने एजेन्सी युनेस्कोले चासो व्यक्त गरेको छ। 

images
images
images

जेनेरेटिभ एआईको प्रयोगलाई नियमन गर्न राष्ट्रहरूका लागि युनेस्कोले गाइडलाइन नै जारी गरेको छ। सिकाईलाई नै प्रभावित पार्नेगरि भएको र विकास  र प्रयोगका बारेमा सरकारहरूले नियमन गर्नुपर्ने युनेस्कोको राय छ। 

प्रविधिको प्रयोगलाई रोक्न नभइ नियमन गर्नका लागि सरकारहरूले ढिला गर्न नहुने युनेस्कोको सुझाव छ। प्रयोग, डेटा सुरक्षा र उमेर सीमाका बारेमा नियमन गर्न आवश्यक रहेको युनेस्कोले उल्लेख गरेको छ। 

माइक्रोसफ्टको लगानी रहेको ‌ओपन एआईको च्याट जीपीटी र गुगलको बार्ड आएपछि यस्ता थुप्रै प्रविधिको विकास भएको छ। यस्तो प्रविधि आएपछि विद्यार्थीहरूले सामान्य कमाण्डकै भरमा जटिल गणीतीय समस्याको हल निकाल्न प्रयोग गर्दै आएका छन्। 

एकातिर सिकाइको विधिको विश्वासनीयता नहुने र अर्कोतिर असमानताको खाडल बढ्दै जाने जोखिम रहेको युनेस्कोले उल्लेख गरेको छ। 


प्रकाशित : बिहीबार , भदौ २१ २०८००५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend