शनिबार, वैशाख १५ गते २०८१    
images
images

सेयर धितो कर्जाको सीमामा टसमस नहुने राष्ट्र बैंकको संकेत

images
images
images
सेयर धितो कर्जाको सीमामा टसमस नहुने राष्ट्र बैंकको संकेत

साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र ‘सेयर धितो कर्जा’ सीमा कायम गरेको थियो।

images
images

काठमाडौ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा सेयर धितो कर्जाको सीमालाई नहटाउने संकेत गरेको छ। सेयर लगानीकर्ता मार्फत अर्थमन्त्री जनार्दन शर्माले समेत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत दबाब दिएपनि राष्ट्र बैंकले सीमालाई नहटाउने संकेत गरेको हाे। 

images
images
images

राष्ट्र बैंकले गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेको थियो। मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सीमा घटाएर व्यक्त्तिगत तर्फ ४ कराेड र परिवार/संस्थागततर्फ १२ कराेड रुपैयाँ तोकेको थियो। चालु आवको माैद्रिक नीतिअघि यस्तो सीमा तोकिएको थिएन। 

images

साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र ‘सेयर धितो कर्जा’ सीमा कायम गरेको थियो। 

images

नेपाल राष्ट्र बैंकले सेयरको कमाई मार्फत लगानीकर्ताले विलासीतामा रकम प्रयोग गरेपछि ठूलो संचित डलर बहिरिएको अनुमान छ। ‘विशेष गरी अनुत्पादक क्षेत्रमा रकम गयो, त्यसले अर्थतन्त्रलाई अफ्ठेरो पार्ने अवस्था आएको छ, यस्ता सीमा हट्दैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने। 

images
images

लगानीकर्ताहरुले यहिँ सीमामा खेलेर साना लगानीकर्ताको मनोभावाम खेलेर सेयर बजारमा तलमाथी गरिरहेको अनुमान रहेको छ। सोही कारण ३२ सयभन्दा माथी पुगेको सेयर बजार निरन्तर उतार चढाव भइरहेको छ। 

विगतमा बैंकहरुमा प्रयाप्त तरलता रहेको अवस्थामा बैंकहरुले ब्याज ६ प्रतिशतसम्ममा ऋण प्रवाह गरेका थिए। ‘कोभिड १९ को समयमा बैंकमा तरलता थुप्रिएपछि ब्याज घट्यो, अन्यत्र लगानी भएन, सेयरमा पैसा गयो,’ एक बैंकर्सले भने। सेयर बजार अहिले ४ र १२को सिमाका कारण नघटेको समेत उनको बुझाई छ। अर्थतन्त्रको आवश्यकताअनुसार ल्याइएको नीति कसैलाई असहज भयो भन्दैमा नहटाउने पक्षमा राष्ट्र बैंक पुगेको छ।  

सीमा र ब्याजदरको विषयलाई लिएर केही दिन यता भने सेयर बजारमा सकारात्मक संकेत देखिएको छ। मंगलबार पनि ६९ अंकले बजार बढेको थियो। लगानीकर्ताहरु उत्साहित समेत बनेका छन्। तर सीमा हटाउने विषयमा भने राष्ट्र बैंक टसमस भने छैन। 

अर्थतन्त्र अझै आएन लयमा 

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै अघिल्लो वर्षको तुलनामा घट्न थालेको रेमिट्यान्स तेस्रो महिनासम्म पनि रोकिएको छैन।  चाडपर्वको समयमा बढ्ने गरेपनि असोजमै रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्मको अवधिमा २ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिकएको छ। यो गत वर्षको तुलनामा ७.६ प्रतिशतले न्यून हो। 

साउन र भदौमा रेमिट्यान्स घटेपनि असोजमा दसैँ भएकाले बढ्ने धेरेको अपेक्षा थियो। रेमिट्यान्स बढ्न नसकेपनि अघिल्ला दुई महिनाको तुलनामा ऋणात्मक दरमा भने न्यूनीकरण भएको छ। 

असोजसम्म पुग्दा पनि बढ्दो आयातमा कुनै पनि कमी आएको छ। असोजसम्मको तथ्यांकअनुसार गत वर्षको तुलामा ६३ प्रतिशतले वृद्धि भएको छ। शतप्रतिशतले निर्यात बढेपनि निर्यातको रकम न्यून हुँदा बढ्दो चालु खाता घाटामा खासै सुधार देखिएको छैन। 

तीन महिनाको तथ्यांकअनुसार १ खर्ब ५१ अर्ब ७० करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता ३३ अर्बले बचतमा थियो। 

शोधानान्तर (नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा ७६ अर्बमा सीतित भएको छ। शोधानान्तर भने भदौको तुलनामा झिनो सुधार भएको हो। भदौसम्म ८३ अर्बले शोधानान्तर घाटामा थियो। 

असोजसम्म विदेशी मुद्राको सञ्चिति १३ खर्ब १९ अर्ब ३२ करोड पुगेको छ। यस्तो सञ्चिति असारमा १३ खर्ब ९९ अर्ब थियो। असारयता विदेशी मुद्रा सञ्चिति ५.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जानकारी दिएको छ।  

अहिलेको सञ्चितिले ८.६ महिनाको वस्तु तथा ७.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकको अनुमान छ। तीन महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो। 

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ गरिएपनि वस्तु आयातमा अहिलेसम्म प्रतिबन्ध लागेको छैन। 

यो अवधिमा मूल्यवृद्धिदर भने ४.२४ प्रतिशतमा सीमित रहेको छ।  तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १.२ प्रतिशतले निक्षेप बढाएका छन् भने ७.८ प्रतिशतले ऋण प्रवाह बढाएका छन्। 

 

images

प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०१:०१

प्रतिक्रिया दिनुहोस