सोमबार, वैशाख १७ गते २०८१    
images
images

दुई न्यारोबडी जहाज २० महिनामा २ सय दिनभन्दा बढी ग्राउन्डेड हुँदा निगमले गुमायो ४ अर्ब, मुकदर्शक बन्दै पर्यटनमन्त्री किराती

images
images
images
दुई न्यारोबडी जहाज २० महिनामा २ सय  दिनभन्दा बढी ग्राउन्डेड हुँदा निगमले गुमायो ४ अर्ब, मुकदर्शक बन्दै पर्यटनमन्त्री किराती

यसैगरी निगमले २०२२ को मार्च ५ देखि भाडामा लिएको इन्जिन २०२३ को अगस्ट ३१ मा मात्रै फिर्ता गरेको छ। इन्जिन भाडामा मात्रै निगमले ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा न्यारोबडी 'एयरबस ए ३२०' उडान गरिरहेको छ। तर पछिल्लो २० महिनामा यी दुई न्यारोबडी जहाज २ सय ८ दिनभन्दा बढी ग्राउन्डेड भएका छन्। जहाज ग्राउन्डेड हुँदा निगमले आम्दानी तथा खर्चमा गरी ४ अर्ब रुपैयाँ गुमाएको छ। यस्तोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती मुकदर्शक बनिरहेका छन्।

images
images
images

निगमको नाइन एकेडब्लु न्यारोबडी जहाज २०२१ को डिसेम्बर २७ देखि २०२२ को मार्च ५ सम्म कतारको दोहामा र २०२२ को जुलाई ३० देखि सेप्टेम्बर ३० सम्म काठमाडौं विमानस्थलमा ग्राउन्डेड भएको थियो।

images

यसैगरी निगमको न्यारोबडी नाइन एकेएक्स जहाज २०२३ को जुलाई १७ देखि काठमाडौं विमानस्थलमा ग्राउन्डेड छ। जहाज उडानमा अझै आउन सकेको छैन। यसैबीचमा दुईवटा न्यारोबडी जहाज विभिन्न समयमा गरेर २० दिनभन्दा बढी अन्य समयमा पनि ग्राउन्डेड भएको छ। 

images

निगममा न्यारोबडी ग्राउन्डेडको श्रृंखला २०२१ को डिसेम्बर २७ देखि सुरु भएको थियो। काठमाडौंबाट कतार उडानमा रहेको 'नाइन एन एकेडब्लू' जहाज कतारमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा इन्जिनामा समस्या आएको थियो। इन्जिनमा समस्या आएपछि जहाजको जाँच गरिएको थियो। जाँचपछि इन्जिनमा समस्या देखियो। इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने भयो।

images
images

कतारमा मार्च ५ सम्म जहाज ६८ दिन ग्राउन्डेड भयो। मार्च ५ मा इन्जिन भाडामा लिएर जहाज उडानमा आएको थियो। यसरी उडानमा आएको जहाज पुनः २०२२ को जुलाई ३० मा अर्को इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको थियो। जहाज काठमाडौं विमानस्थलमा सेप्टेम्बर ३० सम्म ६१ दिन ग्राउन्डेड भएको थियो

पुन: 'नाइन एन एकेएक्स' जुलाई १७ गतेदेखि आजसम्म ग्राउन्डेड छ। नाइन एन एकेएक्स ग्राउन्डेड भएको ६० दिन भएको छ। यो जहाजको लागि इन्जिन भाडामा लिने तयारी भएको छ।  यसैगरी यो बीचमा नाइन एकेडब्लु र एकेएक्स २० दिन भन्दा बढी ग्राउन्डेड भएको निगमका कर्मचारीहरु बताउँछन्।

यसैगरी निगमले २०२२ को मार्च ५ देखि भाडामा लिएको इन्जिन २०२३ को अगस्ट ३१ मा मात्रै फिर्ता गरेको छ। इन्जिन भाडामा मात्रै निगमले ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। यो बीचमा निगमले दुईवटा इन्जिन मर्मतमा १ अर्ब १५ करोड रुपैयाँ खर्च गरिसकेको छ। यसैगरी निगमले जहाज ग्राउन्डेड हुँदा कतारमा पार्किङमा राख्दा मात्रै ७० हजार डलर तिरेको छ। प्रतिडलर १३२ रुपैयाँको दरमा कतारमा जहाज पार्किङ गर्दा मात्रै ९ करोड २४ लाख रुपैयाँ खर्च गरेको हो।

नाइन एन एकेडब्लू 'सगरमाथा' बाटमात्रै साढे ३ अर्ब नोक्सानी

२०२१ को डिसेम्बर २७ मा नेपाल एयरलाइन्सको ‘नाइन एन एकेडब्लू’ कल साइन भएको न्यारोबडी जहाज कतारको दोहामा अवतरणपछि पार्किङमा लैजाँदै गर्दा समस्या देखियो। इन्जिनमै समस्या भएको पाइएपछि मर्मत गर्नुपर्ने भयो। उक्त जहाज दुई महिनाभन्दा बढी अर्थात् २०२२ को मार्च ५ सम्म दोहामै थन्कियो (ग्राउन्डेड)। 

कुनै पनि इन्जिनको निश्चित लाइफ साइकल हुन्छ, निश्चित समयमा मर्मतसम्भार गर्नुपर्छ र कुन इन्जिनले कति समयसम्म काम गर्न सक्छ भन्ने कुराको पूर्वानुमानित रेकर्ड एयरलाइन्स व्यवस्थापनसँग हुन्छ। उक्त जहाजको इन्जिनमा समस्या आइरहेको कुरा करिब पाँच महिनाअघि नै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जानकारी थियो। 

इन्जिनमा जुनसुकै समयमा पनि समस्या आउन सक्ने भएकाले तत्काल एमआरओ छनौटको प्रक्रिया सुरू गर्न सुझाव पनि प्राविधिक टोलीले दिएको थियो। जब कि कुनै पनि इन्जिनमा आउन सक्ने समस्याको पूर्वजानकारी दिन सक्ने प्रविधिकै लागि वर्षमा १६ लाख रुपैयाँ खर्चिएको छ। इन्जिन हेल्थ मनिटरिङ प्रणालीमार्फत कुनै पनि इन्जिनमा कस्तो समस्या आउँदैछ भनेर जानकारी हुन्छ। त्यही सूचनाका आधारमा व्यवस्थापनमा सहज होस् भनेर प्रविधिमा लगानी गरिएको छ। त्यही प्रणालीले दिएको सूचनाको बेवास्ता गर्दा एउटा जहाज दुई महिनाभन्दा बढी दोहामै ग्राउन्डेड भएको थियो। 

खरिद प्रक्रिया पूरा गर्ने समयसहितको जानकारी पाउने भएपनि निगमले यसको सदुपयोग भने गरेको छैन। यसरी सूचनाको सुविधा उपयोग नगर्नुमा व्यवस्थापनको अनियमितताको नियत देखिन्छ। कुनै पनि इन्जिनमा समस्या आइसकेपछि खरिद गर्दा कमिसन तथा लाभको बार्गेनिङ गर्न सहज हुने भएकाले अन्तिममा आएर दबाबमा आएजस्तोगरी जसरी पनि र जति पनि मूल्यमा खरिद गर्ने नियतले यस्तो गरिँदै आएको छ। 

व्यवस्थापनको लाचारी, कमिसन मोहका कारणले गर्दा नेपाल एयरलाइन्सले साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ। इन्जिन मर्मत तथा खरिदमा गरिएको ढिलाइका कारणले ‘नाइन एन एकेडब्लू’ जहाज ग्राउन्डेड हुँदा निगमले साढे ३ अर्ब बढीको नोक्सानी बेहोरेको छ।

इन्जिनमा समस्या देखिएपछि निगमले तत्काल मर्मतका लागि प्रक्रिया सुरू नगर्दा ६८ दिनसम्म जहाज दोहामै ग्राउन्डेड भयो। इन्जिन मर्मतको सेवा दिने कम्पनी छनौटका लागि न टेन्डर भयो न वैकल्पिक व्यवस्था। जहाज ग्राउन्डेड भएको ४५ दिनपछि इन्जिन भाडामा लिने तथा मर्मतका लागि एमआरओ छनौटका लागि टेन्डर भयो। २०२२ को फेब्रुअरी २२ मा एमटीयूसँग अधिकतम ९० दिनका लागि प्रतिदिन २ हजार डलर, प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलर तिर्ने गरी इन्जिन भाडामा लिने सम्झौता गरियो। 

यो सम्झौता एकातिर जहाज ग्राउन्डेड भएको ४५ दिन भइसकेको आपतकाल देखाएर उच्च लागतमा गरिएको थियो। यसमा निगमका कार्यकारी अध्यक्षले सबै सेटिङ मिलाएर वातावरण तयार पारेका थिए। जहाज उडे पनि नउडे पनि दैनिक २ हजार डलर तिर्नैपर्ने सम्झौता गरिएको थियो। 

फेब्रुअरि २२ मा सम्झौता भएपछि सन् २०२२ को मार्च ५ मा एमटीयूको इन्जिन प्रयोग गरेर उडान सुरू भयो। सोही दिनबाट इन्जिन भाडावापतको रकमको भार पनि थपियो। कतारमा ग्राउन्डेड जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो। ७२ दिनपछि जहाज उडानमा आयो। बिग्रिएको इन्जिन मर्मतका लागि इजरायलको आईएआई पठाइयो। इन्जिन मर्मतमा ३६ हजार डलर लाग्ने अनुमानसहित उसैलाई जिम्मा दिइयो। 

यसैगरी कतारमा जहाज ग्राउन्डेड हुँदामात्रै निगमले ७२ करोड रूपैयाँभन्दा बढी आम्दानी गुमाएको थियो। निगमले न्यारोबडी जहाजको प्रतिदिनको आम्दानी १ करोड ६ लाख रुपैयाँ रहेको छ।   सोही हिसाबमा ६८ दिन कतारमा जहाज ग्राउन्डेड हुँदा मात्रै ७२ करोड आम्दानी गुमाएको हो।

साथै कतारको दोहा विमानस्थलमा ६८ दिन ग्राउन्डेड हुँदा मात्रै निगमले सवा ९ करोड जहाज पार्किङ शुल्क तिरेको छ। जहाज २०२१ को डिसेम्बर २७ देखि मार्चको ५ सम्म कतारको दोहामा पार्किङ भएको थियो।

पार्किङ वेवमा बस्दाको शुल्कवापत निगमले कतार विमानस्थलाई ७० हजार डलर भुक्तानी गरेको हो। प्रतिडलर १३२ रुपैयाँको दरमा निगमले जहाज पार्किङमा ९ करोड २४ लाख रुपैयाँ खर्च गरेको हो।

कतारको दोहामा बिग्रिएको इन्जिन मर्मतमा ९ महिना लागेको थियो। सामान्यत: ३ महिनामै इन्जिन मर्मत हुन्छ। मर्मतका लागि पहिले नै एमआरओ छनोट गरेर राखिनुपर्छ। तर निगमले पहिले नै एमआरओ छनोट गरेन। निगम व्यवस्थापनलाई जहाजको इन्जिनमा समस्या आउँदै थियो भने जानकारी भएको थियो। तर कमिसनका लागि अधिकारीले कुनै काम गरेनन्। पछि इन्जिनमा समस्या आएपछि मात्रै एमआरओ छनोट प्रक्रिया सुरु भयो।

इन्जिन मर्मतको लागि ३६ लाख डलरमा इजरायलको आईएआई पठाइयो। इन्जिन मर्मतमा ३६ लाख डलर लाग्ने अनुमानसहित उसलाई जिम्मा दिएपनि अन्तिम भुक्तानी गर्ने बेला भने ४२ लाख डलर भुक्तानी भयो। बढी रकमलाई प्रमाणित गर्न समिति समेत गठन गरिएको थियो। यसरी प्रतिडलर १३२ रुपैयाँको दरमा आईएआई कम्पनीलाई ५५ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको थियो।

९० दिनका लागि लिएको इन्जिन डेढ वर्ष प्रयोग

डिसेम्बर २७ मा ग्राउन्डेड जहाजमा भाडाको इन्जिन प्रयोग गरेर २०२२ को मार्च ५ बाट जहाज उडानमा ल्याइयो। इन्जिन खरिद विनियमावलीअनुसार अधिकतम ९० दिनका लागि लिन पाउने व्यवस्थाअनुसार एमटीयूसँग दैनिक २ हजार डलर (जहाज उडान भएपनि नभएपनि), प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिइयो। जहाज मार्च ५ बाट उडानमा आयो तर इन्जिन भाडा मार्च ३ बाट नै सुरु गरियो। ९० दिनका लागि भनेर ल्याइएको इन्जिन ५२८ दिनसम्म जहाजमा प्रयोग भएको थियो।

एमटीयूको इन्जिन २०२३ को अगस्ट १२ मा निगमको जहाजबाट झिकियो। तर झिकिएको इन्जिनको चेकजाँच गरेर कम्पनीलाई बुझाइएको छैन। चेकजाँचमा मात्रै ३० लाख रुपैयाँ खर्च हुने छ। अगस्ट १२ पछि पनि प्रतिदिनको २ हजार डलर भने खर्च भइरहेको छ।

जहाजबाट इन्जिन झिकेको दिनसम्मका लागि मात्रै निगमले प्रतिदिनको २ हजार डलरको दरमा १० लाख ५६ हजार डलर खर्च गरेको छ। प्रतिडलर १३२ कै दरमा १३ करोड ९३ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ। यसैगरी प्रतिघण्टा २ सय ७८ डलरकै दरमा एमटीयूलाई ४४ सय २३ घण्टाको रकम भुक्तानी भएको छ। निगमले प्रतिघण्टा २ सय ७८ डलरको दरमा कुल १२ लाख २९ हजार ५ सय ९४ डलर भुक्तानी गरेको छ। प्रतिडलर १३२ रुपयाँकै दरमा हिसाब गर्दा १६ करोड २३ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी भएको छ।

यसैगरी निगमले प्रतिसाइकलको दरमा पनि रकम भुक्तानी गरेको छ। प्रतिसाइकलको दर भने २ सय ३९ डलर रहेको छ। एमटीयूको इन्जिन प्रयोगपछि जहाजले कुल १४ सय ४० वटा साइकल पूरा गरेको छ। सोवापत निगमले कम्पनीलाई ३ लाख ४४ हजार १ सय ६० डलर तिरेको छ। प्रतिडलर १३२ रुपैयाँको दरमा ४ करोड ५४ लाख २९ हजार रुपैयाँभन्दा बढी उडान साइकलमा भुक्तानी भएको छ।

मर्मतका लागि पठाइएको इन्जिन मर्मत नहुँदै अर्को इन्जिन बिग्रँदा ६१ दिन जहाज ग्राउन्डेड

२०२२ को मार्च ५ देखि भाडाको इन्जिन प्रयोग गरेर नाइन एन एकेडब्लू जहाज उडानमा आएको थियो। तर पुन: २०२२ को जुलाई ३० देखि जहाजको अर्को इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड भयो। जहाज सेप्टेम्बर ३० मात्रै उडानमा आयो। २०२१ को डिसेम्बरमा बिग्रिएर इजरायल पठाएको इन्जिन मर्मतपछि एमटीयूसँग लिएको भाडाको इन्जिनलाई निरन्तरता दिँदै जुलाईमा बिग्रिएको इन्जिनको सट्टा त्यो इन्जिन राखेर जहाज उडानमा ल्याइयो।

यो बीचमा जहाज ६१ दिन ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुँदा ६४ करोड ६६ लाख रुपैयाँ बढी आम्दानी गुमायो। निगमको न्यारोबडी जहाज सरदर दैनिक आम्दानी १ करोड ६ लाख रुपैयाँ रहेको छ। सोही हिसाबमा निगमले ६१ दिन जहाज ग्राउन्डेड हुँदा ६४ करोड ६६ लाख रुपैयाँ आम्दानी गुमाएको हो।  

२०२२ को जुलाईमा बिग्रिएको इन्जिन मर्मतमा १ वर्ष, लागतमात्रै ६२ करोड 

२०२० को जुलाई ३० मा बिग्रिएको इन्जिन एक वर्षपछिमात्रै मर्मत सम्पन्न भएको छ। जुलाई ३० मा बिग्रिएको इन्जिन मर्मतको जिम्मा जर्मन कम्पनी लुफ्थान्सालाई दिइएको थियो। कम्पनीले १ वर्षपछि मात्रै इन्जिन मर्मत गरेर दिएको हो।

मर्मत भएको इन्जिन २०२३ को अगष्टमा निगमको न्यारोबडी जहाज नाइन एन एकेडब्लूमा हालिएको छ। अहिले निगमको नाइन एकेडब्लू जहाजमा दुईवटै मर्मत भएको निगमको आफ्नै इन्जिन रहेको छ। यो इन्जिन मर्मतका लागि ४७ लाख डलर लागत अनुमानसँगै लुफ्थान्सालाई दिइएको थियो।  इन्जिन मर्मत भएर आएपनि अन्तिम भुक्तानी रकम खुलेको छैन। ४७ लाख डलर मात्रैको प्रतिडलर १३२ कै दरमा हिसाब गर्दा पनि ६२ करोड रूपैयाँ खर्च भएको छ। न्यारोबडी जहाजको नयाँ इन्जिनको मूल्य बराबरकै रकम मर्मतमा खर्च भएको छ। 

यसरी २० महिनामा एउटा जहाजको इन्जिन बिग्रँदा निगमले दैनिक गर्ने आम्दानीसँगै खर्चमा मात्रै साढे ३ अर्ब गुमाएको हो।

२०२१ को डिसेम्बर २७ देखि २०२३ को अगस्ट १२ सम्म आइपुग्दा १२९ दिन ग्राउन्डेड भएको थियो। जहाज ग्राउन्डेड हुँदा दैनिक हुने आम्दानीको हिसाबमा मात्रै १ अर्ब ३६ करोड गुमेको छ। २ वटा इन्जिन मर्मतमा मात्रै १ अर्ब १७ करोड, कतारमा जहाज पार्किङमा ९ करोड २४ लाख, इन्जिन भाडामा मात्रै ३५ करोड रुपैयाँ खर्च गरेको हो।

जहाजबाट भाडाको इन्जिन झिकेपछि पनि प्रतिदिन २ हजार डलरका दरले २३ दिनकाे भाडा बुझाइएको छ। जहाजबाट एमटीयूको इन्जिन अगस्ट १२ मा झिकिएको हो। तर भाडा ३१ तारेखसम्मको लागि भुक्तानी भएको हो।

६२ दिनदेखि 'लुम्बिनी' जहाज ग्राउन्डेड हुँदा गुम्यो ६५ करोड

नेपाल वायुसेवा निगम व्यवस्थापनभित्र कतिसम्म लापरबाही हुन्छ भन्ने एउटा उदाहरणबाट प्रष्ट भएको छ। निगम व्यवस्थापनले २०२३ को जुलाई १७ देखि ग्राउन्डेड नाइन एकेएक्स 'लुम्बिनी' जहाज उडानका लागि भन्दै इन्जिन भाडामा लिन टेन्डर गरेको थियो। टेन्डरमा गलत 'स्पेसिफिकेसन' राख्दा अन्तिम चरणमा आइसकेपछि इन्जिन भाडामा लिने काममा ढिलाइ भएको हो। इन्जिन आउन ढिलाइमात्रै भएको छैन निगमलाई थप २०देखि २५ लाख भार थपिएको निगमका एक कर्मचारीले बताएका छन्।

इन्जिन टेन्डरमा अंग्रेजी अक्षरमा 'भी टू फाइभ टू सेभेन ई - ए फाइभ सेलेक्ट टू' (V2527E-A5 SELECT 2) राख्नु पर्नेमा नियतबस नै 'भी टू फाइभ टू सेभेन ई - ए फाइभ' मात्र राखियो। जसले गर्दा अब सेलेक्ट टू स्पेसिफिकेसन थप्न २५ लाख रुपैयाँ आर्थिक भार थपिएको हो। 

इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग इन्जिन भाडामा लिन लागिएको छ। एरोस्पेसले एमटीयूको इन्जिन नै भाडामा दिलाउने छ। अगस्ट १२ मा नेपाल एयरलाइन्सको जहाजबाट झिकिएको एमटीयूको इन्जिन अहिले पनि कतारमा नै रहेको र त्यही इन्जिन भाडामा लिने तयारी भएको छ। निगमको नाइन एन एकेडब्लु जहाजबाट १२ अगस्टमा एमटीयूको इन्जिन झिकिएपनि ३१ अगस्टमा मात्रै सम्झौता खारेज गर्नुको रहस्य पनि सोही इन्जिन भाडामा लिने खेल भएको प्रष्ट भएको छ।

सोही कम्पनीसँग इन्जिन भाडा लिनु पर्ने नै थियो भने १२ अगस्टमा नै लिन सकिने थियो। '२०२२ को मार्च ५ देखि प्रयोगमा रहेको इन्जिन १७ महिनासम्म लिन मिल्दा थप केही महिना किन मिलेन र सम्झौता खारेज गरियो?, 'एक कर्मचारीले भने, 'सेटिङकै लागि १२ अगस्टमा एकेडब्लु जहाजबाट झिकिएको इन्जिन सम्झौता ३१ तारिखबाट लागु हुने गरी अन्त्य भएको थियो।'

यही सेटिङ मिलाउन र कमिसनका लागि गलत स्पेसिफिकेसन राखेर टेन्डर गरिएको स्रोतको दाबी छ। 'निगमलाई चाहिएको थियो आइफोन १४ तर मागियो पुरानो आइफोन ४,' ती कर्मचारीले भने, 'यो सबै कमिसनका लागि भएको थियो र कमिनसका लाग थप २० लाख भार पनि थप्न व्यवस्थापन सफल भएको छ।'

सयममै इन्जिन मर्मत र भाडामा लिने काम नहुँदा जहाज ६२ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ। जहाज ग्राउन्डेड हुँदा निगमले ६५ करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ। निगमको न्यारोबडी जहाजबाट सरदर दैनिक १ करोड ६ लाख रुपैयाँ आम्दानी गरिरहेको छ। सोही हिसाबमा ६२ दिन जहाज ग्राउन्डेड हुँदा मात्रै ६५ करोड रुपैयाँ आम्दानी गुमाएको छ। 

आम्दानी मात्रै गुमाइरहेको छैन, जहाज ग्राउन्डेड हुँदा न्यfरोबडी जहाज उडान हुने गन्तव्यमा समेत वाइडबडी जहाज प्रयोग भएको छ। जसका कारण वाइडबडी जहाजको नियमित गर्नु पर्ने मर्मतको समय छिटै आउँदै छ। वाइडबडीको नियमित मर्मतमा मात्रै १ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्छ। जहाँ १५८ जना यात्रु कम भएको उडानमा समेत २७४ सिट क्षमताको जहाज प्रयोग भइरहेको छ। 

images

प्रकाशित : बिहीबार , भदौ २८ २०८०११:३९

प्रतिक्रिया दिनुहोस