शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

images
images
images
जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जंगल जानेलगायतका काम कम हुँदै आएको बताउँछन्।

images
images

चितवन- पुर्खाैँदेखि खोला र वनजंगलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन्। चितवनको माडी नगरपालिका-१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजंगलको विकल्पको खोजीमा जुटेका हुन्।

images
images
images

खोलानाला र वनजंगलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्। वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन्।

images

उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन्। अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउँछन्। 

images

उनले भने, 'अहिले पहिलाको जस्तो वनजंगल र खोलामा आश्रित हुनुपरेको छैन।' कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताए। होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर ६०-७० हजार रुपैयाँ कमाइ हुँदै आएको उनले जानकारी दिए।  
 
चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो। तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटे बताउँछन्।

images
images

जल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उनले बताए। उनले भने, 'पहिला हामी छ महिना खेतीपाती गरेर खाए छ महिना जंगल र खोलानालामा गएर गुजरा चलाउनुपथ्र्याे। होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ।' अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उनले जानकारी दिए। 
 
बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ। होमस्टे सञ्चालनमा आएसँगै पहिलाको जस्तो खोला र जंगलमा निर्भर हुनु नपरेको विका बोटेले बताए। खोलानालामा र वनजंगलमा जाँदा वन्यजन्तुको आक्रमणबाट परिवार गुमाउनुभन्दा अर्को विकल्प खोज्नु उत्तम भएकाले होमस्टे सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

अहिले होमस्टे सञ्चालनमा ल्याएर गुजारा चलाउन थालेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम भएको बोटेले बताए। उनले भने, 'हामी भनेको वनजंगल र खोलानालाको पनि संरक्षण गर्ने जाति हो।'

बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जंगल जानेलगायतका काम कम हुँदै आएको बताउँछन्। उनका अनुसार अहिले बोटे समुदायले होमस्टे सञ्चालन, सामूहिक माछापालन, बाख्रापालन, खेती किसानीलगायतका काममा लागेर खोला र वनजंगल छोडेका हुन्। उनले भने, 'खोलामा गएर माछा मार्ने, जंगलमा गएर न्यूरो, तामालगायत ल्याएर बेच्नुभन्दा यही जग्गा भाडा तथा ठेक्का लिएर खेतीपाती गर्ने गरेका छन्।' वैदेशिक रोजगारीमा समेत जाने प्रचलन यो समुदायमा बढ्न थालेको बोटेले जानकारी दिए।  

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो होमस्टे सञ्चालन र माछापालनसँगै उनीहरुको जीवनस्तरमा केही सुधार आएको बताए। उनले होमस्टे निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिए। उनले भने, 'उनीहरूलाई ज्ञान र सीप दिएर वन र खोलामा आश्रित हुनबाट रोक्नुपर्छ।'
 
खोलामा गएर माछा मार्ने र त्यही माछा बिक्री गरेर जीविकोपार्जन गर्ने बोटे सामुदायलाई वैकल्पिक पेसामा लगाउन सकेमा संरक्षणमा समेत टेवा पुग्ने उनको भनाइ छ। रासस

images

प्रकाशित : बुधबार, भदौ २० २०८००४:०३

प्रतिक्रिया दिनुहोस