शनिबार, वैशाख १५ गते २०८१    
images
images

तल्लो अरुणको क्षमता ४७४ मेगावाटबाट बढाएर ६६९ मेगावाट बनाइयो, लागत र निर्माण अवधि कति?

images
images
images
तल्लो अरुणको क्षमता ४७४ मेगावाटबाट बढाएर ६६९ मेगावाट बनाइयो, लागत र निर्माण अवधि कति?

क्षमतासँग आयोजनाको डिजाइन र अवयवमा परिवर्तनका कारण जग्गाको क्षेत्रफल र कटान गर्नुपर्ने रुखको संख्या समेत परिवर्तन भएको छ। तर लागतमा भने त्यति ठूलो परिवर्तन भएको छैन।

images
images

काठमाडौं- तल्लो अरुण जलविद्युत आयोजनाको उत्पादन क्षमता बढाइएको छ। परियोजनाको जडित क्षमता ४७४.२५ मेगावाटबाट बढाएर ६६९ मेगावाट क्षमता बनाइएको छ।

images
images
images

आयोजनाको क्षमता बढेसँगे पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रायसुझावका लागि सार्वजनिक भएको छ। वन तथा वातावरण मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको हो।

images

क्षमतासँग आयोजनाको डिजाइन र अवयवमा परिवर्तनका कारण जग्गाको क्षेत्रफल र कटान गर्नुपर्ने रूखको संख्या समेत परिवर्तन भएको छ। तर लागतमा भने त्यति ठूलो परिवर्तन भएको छैन।

images

परियोजनामा अरुण नदीको बायाँ किनारामा रहेको अरुण ३ परियोजनाको टेलरेसबाट निस्कने ३४४.६८ घनमिटर/सेकेन्ड बहावलाई हेड पोन्डबाट सिधै इन्टेक गेटमार्फत १०.५ मिटर व्यास भएको घोडेटाप आकारको १७.४ कि.मी लामो सुरुङमा पठाइने रिपोर्टमा उल्लेख छ।

images
images

प्रस्तावित आयोजनाबाट ४४४ घरधुरी प्रभावित हुनेछन्। प्रभावित हुने घरधुरी आर्थिकरुपमा ९३  र भौतिक रुपमाविस्थापित हुने छन्। आयोजनाका लागि १८४ हेक्टर जग्गा आवश्यक पर्नेछ। जसमा निजी जग्गा १०७ हेक्टर, वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर रहेको छ। 

कटान हुने रूखको संख्यामा पनि ठूलो परिवर्तन भएको छ। पहिलेको रिपोर्टमा ७ हजार ६ सय ६५ रूख रहेकोमा अहिले बढेर १६ हजार १ सय ९८ रूख रहेका छन्।

निर्माण अविध ७ वर्षलाई पनि घटाएर ५ वर्ष बनाइएको छ। लागत ९२ अर्ब १२ करोडबाट बढाएर ९२ अर्ब ६७ करोड पुर्‍याइएको छ।

images

प्रकाशित : सोमबार, भदौ १८ २०८००५:४६

प्रतिक्रिया दिनुहोस