शनिबार, साउन १२ गते २०८१    
images
images
images

मकैमा पनि विदेशकै भर, बर्सेनि अर्बौंको आयात 

images
आइतबार, भदौ १७ २०८०
images
images
मकैमा पनि विदेशकै भर, बर्सेनि अर्बौंको आयात 

कुखुराको दानाका लागि मकैको माग हुन्छ। यही मागका कारणले विदेशबाट मकै आयात भइरहेको व्यवसायीहरूले बताएका छन्। तर नेपालमा घरायसी खपतबाट बचत भएको मकै दानाका लागि उपयोग भइरहेको छैन। 

images

काठमाडौं- नेपालको भौगोलिक अवस्था तथा मौसम सुहाउँदो बाली मानिने मकै पनि मागअनुसार उत्पादन नहुँदा आयातमाथिको निर्भरता बढ्दै गएको छ। 

images
images

धानपछिको दोस्रो प्रमुख बाली मानिनेमात्र होइन भौगोलिक अवस्था सुहाउँदो बाली भएकाले पनि मकैमाथिको निर्भरता बर्सेनि बढ्दै गएको छ। कृषि उत्पादनमा आत्मनिर्भर हुने भनेर सरकारले वर्षौंदेखि रटान लगाएपनि परिणाम भने मकैमा समेत आयातमाथिको निर्भरता बढ्दै गएको छ। 

images

पछिल्लो समय नेपालमा मकै उत्पादन बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ। पछिल्लो १० वर्षमा मकै उत्पादन बर्सेनि २१ लाख टनबाट बढेर ३१ लाख टन पुगेको छ। 

नेपालमा ९ लाख ९७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती भइरहेको छ। पर्याप्त सिचाइँ नभएको, भिरालो जमिनमा पनि उत्पादन हुने मकैको उर्वर क्षेत्र पहाड हो। मकैको उत्पादन सुधार हुँदै गएको सरकारी तथ्यांक रहेको छ। 

images

नेपालमा उत्पादन हुने मकै सरकारकै तथ्यांकअनुसार नेपालको मागअनुसार पर्याप्त मात्र होइन धेरै बढी हो। केन्द्रीय तथ्यांक विभागको पछिल्लो घरपरिवार सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति सरदर २० किलो मकै खपत हुन्छ। बर्सेनि खपत हुने यो हिसाबले आजको मितिमा नेपालको जनसंख्या  करिब ३ करोड  मान्ने हो भने  ७ लाख टन खपत हुन्छ। यसरी खपत हुँदा पनि वर्षमा २४ लाख ६४ हजार टन मकै बाँकी हुन्छ।

यो तथ्यांकलाई मान्ने हो भने नेपाल मकैमा आत्मनिर्भर मात्र होइन निर्यात गर्नुपर्ने देश हुनुपर्थ्यो। तर यसको ठीक उल्टो मकै आयात भइरहेको छ। एकातिर नेपालमा अतिरिक्त मकै उत्पादन बढिरहेको सरकारी तथ्यांकले देखाउँछ भने अर्कोतिर आयात पनि बढिरहेको छ।

भन्सार विभागको तथ्यांकअनुसार पनि गएको वर्ष १७ अर्ब रुपैयाँको मकै आयात भएको छ। मानवीय खपतबाहेक औद्योगिक मागले गर्दा मकैको आयात बढिरहेको सरोकारवालाहरूको तर्क छ। 

कुखुराको दानाका लागि मकैको माग हुन्छ। यही मागका कारणले विदेशबाट मकै आयात भइरहेको व्यवसायीहरूले बताएका छन्। तर नेपालमा घरायसी खपतबाट बचत भएको मकै दानाका लागि उपयोग भइरहेको छैन। 

नेपालमा उत्पादनको तथ्यांक भरपर्दो नभएको र भएपनि उद्योग र उत्पादकबीचको सम्बन्धन नहुँदा समस्या भइरहेको देखिएको छ। 

एकातिर खपतको तुलनामा उत्पादन धेरै भइरहेको सरकारी तथ्यांक छ। अर्कोतिर आयात धेरै भइरहेको छ। दानालगायतका औद्योगिक प्रयोजनमा आवश्यक मकै उत्पादन नहुने, मान्छेले गर्ने खपतबाहेक व्यक्तिगत रुपमा पशु आहारको रुपमा खपत हुने मकैको तथ्यांक नभएको तथा अन्य दानाबाहेकका केही उद्योगमा जाने मकैको तथ्यांक नभएको कृषि मन्त्रालयले उल्लेख गर्दै आएको छ। 

मकै उत्पादनका लागि नेपालमा धेरै सम्भावना भएपनि व्यवस्थित प्रणाली नहुँदा विदेशबाट आइरहेको मात्र होइन निर्भरता पनि बढ्दै गएको छ। नेपालमा गुणस्तरीय मकैको उत्पादन नहुनु र भएपनि बजारको मागअनुसार नहुँदा आयात गर्नुपरेको व्यवसायीहरूले बताउँदै आएका छन्। 


प्रकाशित : आइतबार, भदौ १७ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend