शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

इन्जिन भाडामा लिने टेन्डरमा गलत 'स्पेसिफिकेसन' राख्दा २५ लाख थप क्षति, ४९ दिनदेखि 'लुम्बिनी' जहाज ग्राउन्डेड हुँदा गुम्यो ६५ करोड

images
सोमबार, भदौ १८ २०८०
images
images
इन्जिन भाडामा लिने टेन्डरमा गलत 'स्पेसिफिकेसन' राख्दा २५ लाख थप क्षति, ४९ दिनदेखि 'लुम्बिनी' जहाज ग्राउन्डेड हुँदा गुम्यो ६५ करोड

इन्जिन आउन ढिलाइमात्रै भएको छैन निगमलाई थप २०देखि २५ लाख भार थपिएको निगमका एक कर्मचारीले बताएका छन्।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम व्यवस्थापनभित्र कतिसम्म लापरबाही हुन्छ भन्ने एउटा उदाहरणबाट प्रष्ट भएको छ। निगम व्यवस्थापनले २०२३ को जुलाई १७ देखि ग्राउन्डेड नाइन एकेएक्स 'लुम्बिनी' जहाज उडानका लागि भन्दै इन्जिन भाडामा लिन टेन्डर गरेको थियो। टेन्डरमा गलत 'स्पेसिफिकेसन' राख्दा अन्तिम चरणमा आइसकेपछि इन्जिन भाडामा लिने काममा ढिलाइ भएको हो। इन्जिन आउन ढिलाइमात्रै भएको छैन निगमलाई थप २०देखि २५ लाख भार थपिएको निगमका एक कर्मचारीले बताएका छन्।

images
images

इन्जिन टेन्डरमा अंग्रेजी अक्षरमा 'भी टू फाइभ टू सेभेन ई - ए फाइभ सेलेक्ट टू' (V2527E-A5 SELECT 2) राख्नु पर्नेमा नियतबस नै 'भी टू फाइभ टू सेभेन ई - ए फाइभ' मात्र राखियो। जसले गर्दा अब सेलेक्ट टू स्पेसिफिकेसन थप्न २५ लाख रुपैयाँ आर्थिक भार थपिएको हो। 

images
images

अहिले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग इन्जिन भाडामा लिन लागिएको छ। एरोस्पेसले एमटीयूको इन्जिन नै भाडामा दिलाउने छ। अगस्ट १२ मा नेपाल एयरलाइन्सको जहाजबाट झिकिएको एमटीयूको इन्जिन अहिले पनि कतारमा नै रहेको र त्यही इन्जिन भाडामा लिने तयारी भएको छ। निगमको नाइन एन एकेडब्लु जहाजबाट १२ अगस्टमा एमटीयूको इन्जिन झिकिएपनि ३१ अगस्टमा मात्रै सम्झौता खारेज गर्नुको रहस्य पनि सोही इन्जिन भाडामा लिने खेल भएको प्रष्ट भएको छ।

images
images

सोही कम्पनीसँग इन्जिन भाडा लिनु पर्ने नै थियो भने १२ अगस्टमा नै लिन सकिने थियो। '२०२२ को मार्च ५ देखि प्रयोगमा रहेको इन्जिन १७ महिनासम्म लिन मिल्दा थप केही महिना किन मिलेन र सम्झौता खारेज गरियो?, 'एक कर्मचारीले भने, 'सेटिङकै लागि १२ अगस्टमा एकेडब्लु जहाजबाट झिकिएको इन्जिन सम्झौता ३१ तारिखबाट लागु हुने गरी अन्त्य भएको थियो।'

यही सेटिङ मिलाउन र कमिसनका लागि गलत स्पेसिफिकेसन राखेर टेन्डर गरिएको स्रोतको दाबी छ। 'निगमलाई चाहिएको थियो आइफोन १४ तर मागियो पुरानो आइफोन ४,' ती कर्मचारीले भने, 'यो सबै कमिसनका लागि भएको थियो र कमिनसका लाग थप २० लाख भार पनि थप्न व्यवस्थापन सफल भएको छ।'

सयममै इन्जिन मर्मत र भाडामा लिने काम नहुँदा जहाज ४९ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ। जहाज ग्राउन्डेड हुँदा निगमले ६५ करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ। निगमको न्यारोबडी जहाजबाट सरदर दैनिक १३ घण्टा उडान हुन्छ। न्यारोबडी जहाजको प्रतिघण्टाको चार्टर रेट ७ हजार ७ सय ३० डलर रहेको छ। सोही आधारमा निमगले प्रतिदिन जहाज ग्राउन्डेड हुँदा १ लाख ४ सय ९० डलर गुमाइरहेको छ। सोही दरमा ४९ दिनमा निगमले ४९ लाख २४ हजार १० डलर आम्दानी गुमाएको छ। प्रतिडलर १३२ रुपैयाँको दरमा नै हिसाब गर्दा निगमले ६५ करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ।

आम्दानी मात्रै गुमाइरहेको छैन, जहाज ग्राउन्डेड हुँदा न्यfरोबडी जहाज उडान हुने गन्तव्यमा समेत वाइडबडी जहाज प्रयोग भएको छ। जसका कारण वाइडबडी जहाजको नियमित गर्नु पर्ने मर्मतको समय छिटै आउँदै छ। वाइडबडीको नियमित मर्मतमा मात्रै १ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्छ। जहाँ १५८ जना यात्रु कम भएको उडानमा समेत २७४ सिट क्षमताको जहाज प्रयोग भइरहेको छ। 


प्रकाशित : सोमबार, भदौ १८ २०८०००:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend