आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

४ सय बंगुर मरेपछि खोर रित्तो, बंगुरपालक किसानलाई अनुदान दिइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १५ २०८०
images
४ सय बंगुर मरेपछि खोर रित्तो, बंगुरपालक किसानलाई अनुदान दिइँदै

बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बंगुरपालन किसान निरास भएका थिए।

images
images

बागलुङ- अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४ सय बंगुर गत जेठमा मरेपछि बंगुरको खोर रित्ता भएका छन्। किसान बंगुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ। 

images
images
images

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती  बंगुर मर्दा दुई करोडभन्दा बढीको क्षति भएको जनाइएको छ। उनीहरुलाई पुनः बंगुरपालन व्यवसायमा फर्काउनका लागि केन्द्रले चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको छ।  

images
images

विनियोजित बजेटले खाली रहेको बंगुरका खोरमा पुनः बंगुर पाल्नका लागि बंगुरका पाठा प्रदान गर्ने र बंगुरपालन व्यवसायमै किसानलाई फर्काउने केन्द्रका वरिष्ठ पशु चिकित्सक डा ऋषिराम शर्माले जानकारी दिए। केन्द्रको तथ्यांक अनुसार भने प्रयोगशाला परीक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको पाँच किसानको एक सय २२ बंगुर मरेको देखिन्छ। केन्द्रले उक्त रोगबाट चार सय बंगुर मरे पनि एक सय २२ बंगुरको मात्रै प्रयोगशाला परीक्षण गरिएको जनाएको छ। 

images
images

'जेठमा महामारीको रुपमा अमेरिकन स्वाइन फिवर फैलियो, बागलुङ बजार क्षेत्रमा धेरै बंगुरपालन किसान छन्, उनीहरुको खोर रित्तै हुने गरी बंगुर मरे, बंगुरपालन किसानले करोडौँको क्षति बेहोर्नुपर्‍यो, सबै क्षतिको राहत दिन त सकिँदैन, कम्तीमा पुनः बंगुरपालनमा फर्काउनका लागि बंगुरका पाठा दिने कार्यक्रम छ', पशु चिकित्सक सापकोटाले भने, 'बंगुरपालन किसान पलायन हुनसक्ने जनाउँदै उहाँहरुलाई पुनःस्थापनका लागि बंगुरमै बजेट व्यवस्थापन गरेका हौँ, अहिले पशुको अधिकांश बजेट भौतिक संरचनाभन्दा पशुमै बढी केन्द्रित छौँ, अहिले बंगुरका पूर्वाधार खाली छ, त्यही पूर्वाधारमा बंगुरका पाठा हुर्काउन सके किसान पुनः व्यवसायमा पुनस्थापित हुने थिए भन्ने हो।'

बंगुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानले ठूलो क्षति बेहोरेको बताए। उनले उक्त सङ्क्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउँदै पुनः बंगुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नीतिप्रति आभारी रहेको जानकारी दिए। 'किसानको क्षतिमा स्थानीय सरकार र विज्ञ केन्द्रलाई पटक-पटक ध्यानाकर्षण गरेका थियौँ', बंगुरपालन किसान पुनले भने, 'राहत र अनुदानका लागि आश्वासनसमेत आएको छ, विज्ञ केन्द्रले १६ लाख बजेट व्यवस्थापन गरेको भन्ने जानकारी पाइयो।'

बंगुरपालिएको क्षेत्रलाई सङ्क्रमण मुक्त बनाएर बंगुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ। बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बंगुरपालन किसान निरास भएका थिए। बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बंगुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ।

चालु आवमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि चार करोड बजेट विनियोजन गरेको छ। चालु आवमा लम्पी स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन ‘स्वाइन फिवर’का कारण बंगुरको मासुको उत्पादनमा कमी आएको बताए। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आवमा बाँझो जग्गामा घाँस खेती गर्न १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न २४ लाख, कृतिम गर्भाधान गर्न २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन २० लाख बजेट विनियोजन गरेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ १५ २०८००८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend