मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

माथिल्लो तामाकाेशी पहिलोपटक नाफामा, प्रतिसेयर आम्दानीसमेत बढ्यो 

images
मंगलबार, कात्तिक ३० २०७८
images
images
माथिल्लो तामाकाेशी पहिलोपटक नाफामा, प्रतिसेयर आम्दानीसमेत बढ्यो 
images
images

काठमाडौं- माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको छ। ४५६ मेगावाट क्षमताकाे आयाेजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा गएकाे हाे । 

images
images

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ८६ करोड १९ हजार ३७ रुपैयाँ नाफा कमाएको हाे। गत वर्षको सोही अवधिमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो। गत असार मसान्तसम्म कम्पनीको नोक्सानी ५ करोड २४ लाख रुपैयाँ थियो। 

images
images

कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ। अन्य आम्दानी बापत ६७ हजार ८८४ रुपैयाँ आम्दानी गरेको छ। 

images
images
images

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँ पुगेको छ।


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend