काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रूपैयाँ तोकिएको छ।
चाँदी आज प्रतितोला एक हजार ४ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।