शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

मुद्दती निक्षेपमा वाणिज्य बैंकको अधिकतम सीमा १०.०५ प्रतिशत 

images
मंगलबार, कात्तिक ३० २०७८
images
images
मुद्दती निक्षेपमा वाणिज्य बैंकको अधिकतम सीमा १०.०५ प्रतिशत 

ती २४ वाणिज्य बैंकले मंसिर १ बाट लागु हुने गरि ब्याजदर सीमा अधिकतम् १०.०५ प्रतिशत निर्धारण गरेका हुन्। सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंकले समेत ब्याज बढाएका हुन्। 

images
images

काठमाडौं- वाणिज्य बैंकहरूले मंसिर महिनाको ब्याजदर सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले हस्तक्षेप नै गरेर ब्याज बढाउन सकिने अधिकतम् सीमा तोकिदिएपछि २४ वटा बैंकले ब्याजदर वृद्धि गरेका हुन्। 

images
images
images

२४ वाणिज्य बैंकले मंसिर १ बाट लागु हुने गरि ब्याजदर सीमा अधिकतम् १०.०५ प्रतिशत निर्धारण गरेका हुन्। सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंकले समेत ब्याज बढाएका छन्। 

तीन वटा वाणिज्य बैंकले भने अधिकतम् सीमासम्म ब्याज बढाएका छैनन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र निजी क्षेत्रको बैंक मेगाले १०.०५ प्रतिशतभन्दा कम नै ब्याजदर तोकेका छन्। 

images

मंसिर महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई दिने ब्याज ९.११ प्रतिशत हुने गरि तोकेको छ। त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.५० प्रतिशत र मेगा बैंकले ९.९६ प्रतिशत ब्याज निर्धारण गरेको छ।

images


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend