बुधबार, वैशाख २६ गते २०८१    
images
images

नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह 

images
बिजनेस न्युज
images
images
नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह 

अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै वातावरण पनि रहेको जानकारी गराए। 

images
images

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रुपमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन समेत विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका हुन्। 

images

‘नेपालमा उर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावनाहरु छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरुले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरुलाई यसतर्फ आग्रह गर्दछु’ ढकालले भने। 

images

अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै वातावरण पनि रहेको जानकारी गराए। 

images
images

नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उनको भनाई थियो । अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरुको आगमनमा पनि उल्लेख्य मात्रामा बृद्धि हुने अपेक्षा गरिएको बताए। 

 

images

प्रकाशित : ०३:४८
प्रतिक्रिया दिनुहोस