आइतबार, भदौ २३ गते २०८१    
images
images

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

images
मंगलबार, कात्तिक ३० २०७८
images
images
सुनको मूल्य तोलामा ५ सयले बढ्यो
images
images

काठमाडौं- नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर भएर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।  

images
images
images

सोमबार सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ रहेको  छ ।  अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै मंगलबार चाँदीको मूल्य सोमबारको तुलनामा १० रुपैयाँले वृद्धी भएर १ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। चाँदी शुक्रबार प्रतितोला १ हजार २ सय ८० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend