शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासमा कुन इन्स्योरेन्स कम्पनीको नाफा/घाटा कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ३० २०७८
images
images
चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासमा कुन इन्स्योरेन्स कम्पनीको नाफा/घाटा कति?
images
images

काठमाडौं- इन्स्योरेन्स कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक विवरण सार्वजनिक गरेका छन्। अधिकांश इन्स्योरेन्स कम्पनीको नाफा केही मात्रामा बढेको छ।

images
images
images

आइएमई इन्स्योरेन्स कम्पनी

आइएमई इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले बढी हो।

images

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

images

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भारि गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १८ करोड ८ लाख रुपैयाँको नोक्सानी बापतको व्यवस्था गर्नु पर्दा नाफामा ७० लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीको नाफा २२ करोड ९० लाख रुपैयाँ थियो। 

प्रभु लाइफ इन्स्योरेन्स 

प्रभु लाइफ इन्स्योरेन्सको नाफा ७‍.२२ प्रतिशतले बढेको छ। पहिलो त्रैमासिक अवधिमा कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा तीन करोड ९ लाख रुपैयाँ थियो।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सले चालु अवको पहिलो त्रैमासमा ६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढी हो।

नेशनल लाइफ इन्स्योरेन्स 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ। चालु आवको तीन महिनाको अवधिमा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ नाफा गरेको थियो।

एशियन लाइफ इन्स्योरेन्स 

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सामान्य सुधार भएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक अवधिमा ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ९ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो।

लुम्बिनी जनरल इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ४ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ४ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

शिखर इन्स्योरेन्स 

शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १२ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

नेपाल इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ५ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा‍ गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९ प्रतिशतले बढी हो।

युनियन लाइफ इन्स्योरेन्स

कम्पनीले पहिलो त्रैमासमा तीन करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले २ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो।

एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण अनुसार ५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा याे वर्षकाे पहिलो त्रैमासमा कम्पनीको नाफा ५ प्रतिशतले घटेको हो।

 सानिमा जनरल इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा २ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५५.४० प्रतिशतले बढी हो।

सूर्या लाइफ इन्स्योरेन्स

चालु आवको पहिलो त्रैमासमा कम्पनीको नाफा ११.८८ प्रतिशतले बढेको छ। चालु आवमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ नाफा गरेको हो। गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो।

अजोड इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा १ करोड १० लाख रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो।

लाइफ इन्स्योरेन्स (एलआईस)

कम्पनीको नाफा भने ४४ प्रतिशलते घटेको छ। चालु आवकाे पहिलो त्रैमासिक अवधिमा कम्पनीले तीन करोड १९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो।

हिमालयन जनरल इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमास २ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफामा सामान्य वृद्धि भएको छ।

एभरेष्ट इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १‍‌‌.३८ प्रतिशतले बढी हो।


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend