शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सूर्या लाइफ इन्स्योरेन्सको नाफा ११.८८ प्रतिशतले बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ३० २०७८
images
images
सूर्या लाइफ इन्स्योरेन्सको नाफा ११.८८ प्रतिशतले बढ्यो
images
images

काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ११.८८ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक विवरणमा ११ करोड ३५ लाख रुपैयाँ कमाएको छ। 

images
images
images

गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ कमाएको थियो। मुनाफा सुधार सँगै प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ पुगेको छ। साथै बीमा शुल्क रकम पनि बढेको छ। 

गत वर्षको पहिलो त्रैमासमा ८३ करोड ६८ लाख रुपैयाँ कमाएको कम्पनीले चालू आवको पहिलो त्रैमासमा बीमा शुल्क आम्दानी बढाएर १ अर्ब ११ करोड रुपैयाँ बनाएको छ। 

images

 

images


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०३:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend