काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीले नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा नाफा घटेको हो।
कम्पनीले चालु आवको प्रथम त्रैमास ५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कोषमा भने रकम बढेको छ। गत आवको प्रथम त्रैमासमा ९२ करोड रुपैयाँ बीमा कोषमा रहेको थियो भने यो अहिले १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
साथै १ अर्ब ९ करोड चुक्ता पूँजी रहेको कम्पनीको जेगडा कोषमा रहेको सञ्चित रकम पनि बढको छ। कम्पनीको जगेडा कोषमा ४५ करोड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ।
कम्पनीको प्रति सेयर आम्दानी २१ रुपैयाँ २६ पैसा रहेको छ । प्रति सेयर नेटवर्थ २४२ रुपैयाँ ६३ पैसा रहेको छ ।