आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ८ २०८०
images
तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

तरकारीखेतीतर्फ कृषकको आकर्षण बढे पनि प्राविधिक सेवा पर्याप्त हुन नसकेको आँबुखैरेनीका कृषक सोलबहादुर चितौरेले बताए।

images
images

तनहुँ- तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ। पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ। त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ। 

images
images
images

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा गत वर्ष ४१ हजार सात सय ८३ मेट्रिक टन तरकारी उत्पादन भएको छ। त्यसमध्ये ३५ प्रतिशत तरकारी जिल्लाबाहिर निर्यात हुने गरेको ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। 

images
images

उनले भने, 'आलु, प्याज र गोलभेँडाबाहेक अरू तरकारीमा तनहुँ आत्मनिर्भर छ। जिल्लाभित्रै खपतका अलवा ३५ प्रतिशत तरकारी बाहिर जान्छ।' तिवारीका अनुसार यहाँ उत्पादित तरकारी गोरखा, लमजुङ, मनाङ, पोखरा हुँदै मुस्ताङसम्म जाने गरेको छ। सस्तो तरकारी भने बाहिरी जिल्लाबाट तनहुँ भित्रिने गरेको छ। तनहुँमा गोरखपुर, चितवन, नवलपुर, धादिङ, मकवानपुरबाट तरकारी आउने गर्दछ। 

images
images

गत वर्ष जिल्लामा २३ हजार चार सय २७ मेट्रिक टन हिउँदे र १८ हजार तीन सय ५६ मेट्रिक टन वर्षे तरकारी उत्पादन भएको छ। जिल्लामा तरकारी खेतीको क्षेत्रफल बढेको छ। दुई हजार छ सय तीन हेक्टर क्षेत्रफलमा हिउँदे र एक हजार छ सय दश हेक्टर क्षेत्रफलमा वर्षे तरकारी खेती हुने गरेको छ। गत एक दशकसम्म जिल्लामा दुई हजार दुई सय ५५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको थियो। 

ज्ञान केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा तरकारी खेती प्रवर्द्धनका लागि २४ लाख खर्च गरेको थियो। चालु आव २०८०/८१ मा ६० लाख बजेट विनियोजन गरिएको केन्द्र प्रमुख तिवारीले बताए। उनले भने, 'तरकारी खेतीमा आकर्षण बढेसँगै बजेट तीन गुणा वृद्धि भएको छ। कृषकलाई बीउसँगै आवश्यक सीपसमेत दिन्छौँ।'

तरकारी विकास कार्यक्रमअन्तर्गत गत वर्ष तीन सय ५० कृषकलाई सहयोग गरिएको थियो। त्यसकारण व्यावसायिक तरकारी खेतीमा कृषकहरुको आकर्षण बढेको र क्षेत्र विस्तार भएको तिवारीको भनाइ छ। चालु आवमा वर्षे खुर्सानी, गोलभेँडा, अकबरे खुर्सानी, काँक्रो, वर्षे उत्पादनमा जोड दिइने तिवारीले बताए। 

तरकारीखेतीतर्फ कृषकको आकर्षण बढे पनि प्राविधिक सेवा पर्याप्त हुन नसकेको आँबुखैरेनीका कृषक सोलबहादुर चितौरेले बताए। उनले भने, 'तरकारी खेतीमा विविध समस्या आइरहन्छ, त्यसतर्फ सम्बन्धित निकायले पहल गरिदिनुपर्छ।' रासस


प्रकाशित : शुक्रबार, भदौ ८ २०८०१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend