बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

अम्बे स्टिल्सले क्षमता विस्तारमा पौने १० अर्ब लगानी थप्दै

images
शुक्रबार, भदौ ८ २०८०
images
images
अम्बे स्टिल्सले क्षमता विस्तारमा पौने १० अर्ब लगानी थप्दै

उद्योगमा ५ सय जनाले रोजगारी पाउने छन्। उद्योग वर्षमा ३ सय ३० दिन सञ्चालन हुने र ६० हजार केभीए बिजुली खपत हुने रिपोर्टमा उल्लेख छ।

images
images

काठमाडौं- लुम्बिनी प्रदेशको बाँकेमा अवस्थित जय अम्बे स्टिल्स लिमिटेडले क्षमता विस्तार गर्ने भएको छ। क्षमता विस्तारका लागि कम्पनीले आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारेको छ। कम्पनीले तयार पारेको रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

images
images

उद्योगले अहिले वार्षिक ४० हजार मेट्रिक टन एमएस रोड (टीएमटी), च्यानल, एंगल, स्वायर, फ्ल्याट र स्ट्रिप उत्पादन गर्दै आएको थियो। उद्योग क्षमता विस्तार गरी रिहिटिङ फर्नेस प्रविधिलाई समेत परिवर्तन गरेर इन्डक्सन फर्नेसको समेत प्रयोग गर्ने रिपोर्टमा उल्लेख छ।

images
images

उद्योगले अहिले रहेको २४ करोड ८० लाख रूपैयाँ लगानीलाई बढाएर १० अर्ब पुर्‍याउने भएको छ। उद्योगले वार्षिक सञ्चालन नाफा मात्रै १ अर्ब ६६ करोड ५६ लाख रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरेको छ।

images
images

उद्योगका एक सञ्चालक हरि न्यौपानले आफूहरूले लगानी विस्तार गर्न लागेको बताए। स्टिल्सजन्य उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित लगानी विस्तार गर्न लागेको उनको भनाइ छ।

उद्योगले आफ्नो उत्पादनबाट ५३ अर्ब ७० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य लिएको छ। रिपोर्टमा उद्योगको वार्षिक खर्च ५१ अर्ब ६२ करोड हुने अनुमान गरेको छ। उद्योगले अहिले ब्लेट ल्याएर डण्डी उत्पादन गरिरहेकोमा अब लगानी विस्तारपछि स्पञ्ज आइरन नै ल्याएर उत्पादन गर्ने भएको छ।

जय अम्बे स्टिल्स २०७५ सालदेखि सञ्चालनमा रहेको छ। उद्योगले वार्षिक ३ लाख ५० हजार टन एमएस रोड (टीएमटी) उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी च्यानल, एंगल, स्वायर, फ्ल्याट र स्ट्रिप १ लाख टन, एमएस बिलेट ३ लाख टन, छड २४ हजार टन, बाइन्डिङ वायर १२ हजार टन, जीआई वायर १८ हजार टन, ग्याविन बक्स २४ हजार टन र एमएस वायर ४० हजार टन उत्पादन गर्ने लक्ष्य लिएको छ।

उद्योगमा ५ सय जनाले रोजगारी पाउने छन्। उद्योग वर्षमा ३ सय ३० दिन सञ्चालन हुने र ६० हजार केभीए बिजुली खपत हुने रिपोर्टमा उल्लेख छ।

उद्योगले प्रतिदिन ७० हजार लिटर पानी खपत गर्नेसमेत रिपोर्टमा उल्लेख छ। उद्योगले विद्युतको विकल्पमा ३ सेट जेनेरेटर प्रयोग गर्ने छ। उद्योगले वार्षिक करिब २३ लाख टन कच्चा पदार्थ खपत गर्ने छ। 

स्टिल उद्योगहरूको सूचीमा शीर्ष स्थानमा रहेको अम्बे स्टिल्सको भगिनी संस्था जय अम्बे स्टिल्स लिमिटडले सन् २०२२ मा ८ अर्ब ८२ लाख रूपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी सन् २०२१ को  तुलनामा ३५ प्रतिशत अर्थात् २ अर्ब १० करोड ५७ लाखले बढेर ८ अर्ब ८२ लाख पुगेको थियो।

सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीको अर्मोटाइजेसन, डिप्रिसियसन, ब्याज र कर अघिको नाफा पनि वृद्धि भएको थियो। गत वर्ष सञ्चालन आम्दानीको ३.६ प्रतिशत रहेको उक्त नाफा सन् २०२२ मा ८.८ प्रतिशत पुगेको छ।


प्रकाशित : शुक्रबार, भदौ ८ २०८००८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend