आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

धानको गाँज कुहिन थाल्यो, ७० प्रतिशतसम्म उत्पादन घट्ने अनुमानले किसान चिन्तित

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ८ २०८०
images
धानको गाँज कुहिन थाल्यो, ७० प्रतिशतसम्म उत्पादन घट्ने अनुमानले किसान चिन्तित

खुमलचारको बीउमा जरा कुहिने समस्या आएपछि उक्त खुमलचार जातको धानको बीउ लगाउने किसानको उत्पादनमा ५० देखि ७० प्रतिशत धानको उत्पादन घट्ने अनुमान गरिएको उनको भनाइ छ। 

images
images

बागलुङ- खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन्। हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन्। 

images
images
images

बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन्। 

images
images

बडिगाड गाउँपालिकाले दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। तर खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ। बडिगाडको खौलारा, खाल र खर्बाङ आसपासका क्षेत्रको झण्डै ३० हेक्टर धानको खेतमा लगाइएको खुमलचार जातको धानमा जरा कुहिने समस्या देखिएपछि किसान निराश भएका छन्।

images
images

पालिकाले अनुदानमा दिएको बीउका कारण अहिले खेतमा धान मरिरहेको बताउँदै बडिगाडका गाउँपालिका-५ ग्वालिचौरका सीता आचार्यले पालिकाले यसको क्षतिपूर्ति दिनुपर्ने माग गरे। बडिगाडका स्थानीय किसान लक्ष्मण विक र सीता आचार्य लगाएको धानखेतमा जरा कुहिने रोगको प्रकोपले धान उत्पादन घट्ने देखिएको हो। 

गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको चार प्रकारका धानको बीउ अनुदान दिए पनि खुमलचार जातको धानमा समस्या देखिएको बडिगाड गाउँपालिकाका कृषि शाखा प्रमुख ईश्वर ओलीले जानकारी दिए। 

'ल्याव परीक्षण गरेका बीउमात्रै खरिद बिक्री वितरण गर्ने गरिन्छ, अन्त सफल भइसकेको खुमलचार जातको धानको बीउ यहाँ सफल भएन',  उनले भने, 'पालिकाले परीक्षणका लागि थोरै मात्रमा बीउ वितरण गर्न थालेको थियो, पछि किसानको माग खुमलचारमै बढी भयो, पालिकाले पुनः खुमलचारको बीउ खरिद गरेर अनुदानमा वितरण गरेको थियो।'

यो क्षेत्रमा खुमलचार राम्रो हुन्छ भनेर सरकारले वर्गीकरण गरेको भूगोलमै पर्ने भन्दै उनले हिले खमुलचार धान रोपेका किसानको घरघरमा पुग्ने तथा विषादी वितरण गर्ने गरेको पनि बताए। 

धानको जरा कुहिने समस्या चार वर्ष पहिले पनि गलकोटमा देखिएको बताउँदै पालिकाले वितरण गरेको अन्य धानको बीउ भने राम्रो भएको उनको भनाइ छ। एक हजार आठ सय खुमलचारको धानको बीउमध्ये एक हजार तीन सय खुमलचारको धानको बीउ प्रयोगमा आएको ओलीको भनाइ छ। खुमलचारको बीउमा जरा कुहिने समस्या आएपछि उक्त खुमलचार जातको धानको बीउ लगाउने किसानको उत्पादनमा ५० देखि ७० प्रतिशत धानको उत्पादन घट्ने अनुमान गरिएको उनको भनाइ छ। 

पालिकाले प्रदान गरेको खुमलचार जातको धान मात्रै ३० हेक्टरमा रोपिएको बताउँदै किसानले समेत आफैँ खुमलचार जातको बीउसमेत लगाउँदै आएको बताए। समस्या आएपछि पालिकाले विभिन्न स्थानमा लगाइएको खुमलचार जातको धानको अनुगमन गरेको र किसानलाई विषादी उपलब्ध गराएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए। 

किसानको गुनासो आइसकेपछि एक लाख लागतमा विषादी खरिद गरी वितरण गरिरहेको बताउँदै अध्यक्ष अधिकारीले किसानको समस्याप्रति पालिका गम्भीर भएको बताए। पालिकाले वितरण गरेको विषादीले हुनसक्ने नोक्सानीलाई घटाउने उनको विश्वास छ। रासस


प्रकाशित : शुक्रबार, भदौ ८ २०८००८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend